arrow

मोरङका चार स्थानमा मतगणना हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ३ शनिबार
election-2079-final1.jpg

विवेक मिश्र । प्रतिनिधि सभा तथा प्रदेश तथा निर्वाचनको मतगणना मोरङका चार स्थानमा गरिने भएको छ । आइतबार निर्वाचनपछि मतगणना उर्लाबारी, बेलबारी, रतुवामाई र विराटनगर गरी चार स्थानमा गरिने भएको हो ।

मोरङमा ६ प्रतिनिधि सभा र १२ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । मोरङ क्षेत्र नम्बर १ को मतगणना उर्लाबारी नगरपालिकाको कार्यालयमा गरिने छ ।  क्षेत्र  नम्बर २ को मतगणना रतुवामाई नगरपालिका विश्वनाथ मन्दिर, क्षेत्र  नम्बर ३ मतगणना  बेलबारी नगरपालिकामा रहेको भगवती माध्यमिक विद्यालयमा गरिने छ । निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा गरिने छ ।

प्रत्येक निर्वाचन क्षेत्रमा प्रारम्भिक चरणमा तीन वटा कोठा मतगणना स्थल बनाइएको छ । आवश्यकता परे अन्य थप गरिने मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले बताए । मतगणना स्थलमा सीसी क्यामेरा जडान गरिएको छ ।

एक मतगणना स्थलमा ६ गणकको टोलीलाई राखिनेछ । सोमबार बिहानदेखि बिहानबाट मतगणना गर्ने तयारी  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ