सिन्धुलीमा एमालेका पौडेललाई ३ हजार मतले हराउँदै माओवादीका श्रेष्ठ बने प्रदेशसभा सदस्य
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
944
Shares
सिन्धुली । सिन्धुली-२ (२) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गङ्गानारायण श्रेष्ठ विजयी भएका छन् ।
वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठले नेकपा (एमाले)का रामकुमार पौडेललाई तीन हजार दुई सय १२ मतान्तारले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए ।
श्रेष्ठले १३ हजार एक, पौडेलले नौ हजार सात ८९ मत प्राप्त गरेका छन् ।
मङ्गोल नेशनल अर्गनाइजेशनका तुलसी राईले दुई सय ५१, राष्ट्रिय प्रजातन्त्र पार्टीका टलकबहादुर कार्कीले एक सय ७७, जनसमाजवादी पार्टी नेपालका हेमन्त पुलामीले ७१, नेपाल मजदुर किसान पार्टीका लक्ष्मण ग्वाछाले ३१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।