arrow

मुख्यमन्त्री केसी र विष्णु पौडेलको कुरो बाझियो, राजधानी दाङमा सार्न उर्दी

logo
नारायण वली,
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
lumbini-pradesh-butwal.jpg

काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलेले प्रदेशको राजधानी दाङको देउखुरी उपत्यकाको राप्ति गाउँपालिकामा सार्न उर्दी जारी गरेसँगै राप्ति गाउँपालिकाका कर्मचारीहरूले साथ दिने भएका छन् । 

मुख्यमन्त्री केसीले यसअघि राजधानी सार्न हिजो विज्ञप्ति जारी गरेका थिए । विज्ञप्तिमा मन्त्रालयमा रहेका कर्मचारी गए स्वागत गर्ने नगए नियुक्ति गरेर प्रदेशका मन्त्रालयहरूलाई सुचारु गर्ने बताएका थिए । 

स्थायी मुकाममा सार्न मुख्यमन्त्री कदम चालेसँगै कर्मचारीले पूर्वाधार निर्माण भई नसकेको भन्दै नजाने बताएसँगै मुख्यमन्त्रीले पाँच दिने उर्दी जारी गरेका थिए । 

सो उर्दीसँगै राप्ति गाउँपालिकाका कर्मचारीहरूले साथ दिने भएका हुन् ।

चुनावी कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र २ का निर्वाचित विष्णुप्रसाद पौडेलले चकले लेखेको दाङ स्थायी राजधानीलाई डस्टरले मेटाएर बुटवल ल्याउने उद्घोष गरेका थिए । 

उता मुख्यमन्त्रीले दाङ लैजाने र पौडेलले बुटवल ल्याउँछु भनेसँगै राजधानीको विषय अन्यौलता भएको छ । 

तत्कालीन शङ्कर पोखरेल मुख्यमन्त्री हुँदा दाङको देउखुरी उपत्यकाको राप्ति गाउँपालिकामा प्रदेशका दुई तिहाइ बहुमतले तोकेको थियो । 

No description available.

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ