arrow

देउखुरीमा शपथको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
deukhuri-lumbini.jpg

भालुवाङ । लुम्बिनी प्रदेशले सांसदहरूको शपथ गराउन देउखुरीमा तयारी थालेको छ । गत सोमबार मध्य राति प्रदेश मुख्यमन्त्री र मुख्य सचिवको कार्यालय बुटवलबाट स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा सारिएको थियो । 

यही मङ्सिर ४ मा निर्वाचित भएका प्रदेशसभाका सांसदहरूको शपथ पनि यसै प्रदेशसभा भवनमै गराउने तयारी रहेको मुख्यमन्त्री कुलप्रसाद केसीले बताए ।

मुख्यमन्त्रीको कार्यालय सरेसँगै यहाँ सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति देखिएको छ । सवारी साधनको आवागमन बाक्लो भएको छ ।

दुई वर्ष दुई महिनाअघि प्रदेशसभाले यस क्षेत्रलाई प्रदेशको राजधानी तोकेको थियो । यसअघि यहाँ ३० वर्षदेखि प्राविधिक शिक्षालय अध्यापन भइरहेकोमा हाल शिक्षालयलाई करिब १४ किलोमिटर दक्षिण राप्ती पारी गढवा गाउँपालिकामा स्थानान्तरण गरिएको छ । शिक्षालय भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय व्यवस्थापनको काम भइरहेको प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले बताए । 

उनका अनुसार प्रदेशका सबै मन्त्रालयलाई पुग्ने गरी पूर्वाधारको व्यवस्थापन भइरहेको छ । यसअघि दुई वटा मन्त्रालय पहिले नै स्थानान्तरण भइसकेका थिए भने बाँकी मन्त्रालयको काम बुटवलबाटै भइरहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ