arrow

कामचलाउ मुख्यमन्त्रीको चुरीफुरी, जाँदाजाँदै साइत जुराएर सरकारी निवासमा सरे केसी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २४ शनिबार
lumbini-pradesh-chief-minister-kulbdkc.jpg

दाङ । लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी तोकिएको करिब दुई वर्षपछि स्थायी राजधानी दाङको देउखुरी उपत्यकास्थित राप्ती गाउँपालिकामा राजधानी कार्यान्वयन गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी आफूले छोड्ने बेला हुनै लाग्दा शुभ साईत जुराएर स्थायी राजधानीको मुख्यमन्त्री निवासमा शुक्रबार सरे । 

साविक राप्ती प्राविधिक शिक्षालयको १८ विगाह क्षेत्रफलमा रहेका सरकारी करिब १५–१६ वटा भवनमा अस्थायी मुकाम बुटवललाई स्थायी राजधानीमा कार्यान्वयन गरी सेवा सञ्चालन गर्ने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निवास तयार पारिएसँगै बुटवलबाट सामानहरु सारिएको छ ।

स्थायी राजधानीमा तयार पारिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको औपचारिक सेवा शुरु गर्ने योजना रहेको बताइएको छ । मुख्यमन्त्री केसी साइतअनुसार निवासमा शुक्रबार बिहान ९ बजे सरे ।

मुख्यमन्त्री कार्यालयकै स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्री केसी नवगृह प्रवेश कार्यक्रम विधिअनुसार हुने सूचनाका आधारमा राप्ती गाउँपालिकास्थित समाचार संकलन गर्न लुम्बिनी प्रदेशको स्थायी राजधानी पुगेका पत्रकारहरुलाई गृहप्रवेश फोटो र सूचना लिने क्रममा पत्रकारहरुलाई ‘तपाईहरुलाई कसले बोलायो, किन आएको’ ? भन्दै भित्र जान रोकेपछि पत्रकारहरु निरीह बने ।

२०७७ साल असोज २० गते तत्कालीन मुख्यमन्त्री एवं एमालेका महासचिव शंकर पोखरेल मुख्यमन्त्री बन्दा प्रदेश सभाको दुई तिहाई बहुमतले स्थायी राजधानीको स्थान र नाम टुङ्गो लगाएको थियो । 

स्थायी राजधानी तोकिए पनि २ वर्ष २ महिनापछि मात्रै प्रदेशका हालका कामचलाउ मुख्यमन्त्री केसीले  दाङको देउखुरी सारेका छन् । बुटवलमै रहेका अन्य मन्त्रालयहरुको समेत स्थापनाको तयारी भइरहेको जनाइएको छ।

यसअघि मुख्यमन्त्री बनेपछि १३ वटा मन्त्रालय र मुख्यमन्त्री कार्यालयको निजी सचिवालयमा १७ जना जम्बो टोली पुर्याएपछि विवादित बनेका मुख्यमन्त्री केसीले आफ्नो कार्यालयमा खासै अनुकरणीय काम गर्न नसकेको गुनासो खेप्दै आएका उनले पछिल्लो समय अस्थायी मुकाम बुटवललाई बुटवलमै राख्नुपर्छ भन्ने रुपन्देहीका नेता र कर्मचारीहरुको दाङ नजाने चर्को दवावका बाबजुद कामचलाउ मुख्यमन्त्री हुँदा स्थायी राजधानी कार्यान्वयन गर्न भूमिका खेलेका छन् । 

केसीले नयाँ निवासमा सर्दा पत्रकारलाई रोक लगाउँदै लोकतन्त्रमा सूचनाको हकमाथि धावा बालेको जनगुनासो हुन थालेको छ। यसलाई संचारकर्मीहरुले सशस्त्र द्धन्द्धका बेलामा भोगेका पीडा सम्झिएका मात्र छैनन् तत्कालीन धङधङी केसीले अहिले पनि पालेको आभाष भइरहेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ