arrow

बहुमतले पारित गरेको विषयलाई कार्यान्वयन मात्रै गरेका हौं, विरोधको अर्थ छैन: मुख्यमन्त्री केसी

logo
नारायण वली,
प्रकाशित २०७९ मंसिर २७ मंगलबार
received_3080534492244217.jpeg

रुपन्देही । लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल बाट प्रदेशका दुईतिहाई सांसदहरुको बहुमतले २ वर्ष अगाडि तोकेको स्थायी राजधानीमा मन्त्रालयहरुका सामानहरु सारेपछि आलोचना खेपेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले संघीयता कार्यान्वयनको महत्वपूर्ण अन्तर्गत स्थायी राजधानीमा ढिलै भए पनि राजधानी कार्यान्वयन गरेर जिम्मेवारी पूरा गरेको बताएका छन् । 

प्रदेश सभाको दुई तिहाई मतले तोकेको दाङको देउखुरी स्थित स्थायी राजधानीमा प्रदेशका संरचना निर्माणको काम शुरु गरेको र बुटवलमा भएका अन्य मन्त्रालयहरुलाई तत्कालै व्यवस्थापन गर्नका लागि तिव्र रुपमा निर्माण कार्य थालिएको छ। 

रिपोर्टर्स क्लबले स्थायी राजधानी देउखुरी उपत्यकाको लालमटिया स्थित मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले राजधानी व्यवस्थापनको काम आफ्नै कार्यकालमा पूरा गर्न सकेको बताए। 

मुख्यमन्त्री केसीले भने, "प्रदेशसभाको दुईतिहाई बहुमतले पारित गरेको विषयलाई हामीले कार्यान्वयन मात्रै गरेका हौं, अब यसलाई सबै मिलेर नमुना बनाउने हो, राजपत्रमा प्रकाशित भइसकेको स्थायी राजधानी कार्यान्वयन गरेको विषयमा विरोध गर्नुको कुनै अर्थ छैन ।"

मंसिर २८ बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरिने मुख्यमन्त्री केसीले जनाए ।  ऊनले थपे, "स्थायी राजधानी कार्यान्वयन भएकोमा राजधानी क्षेत्रका स्थानीयहरुको ठूलो उत्साह पाएका छौं, यहाँका सबै पालिका, संघसंस्था र स्थानीयले राजधानीको व्यवस्थापनको लागि ठूलो सहयोग गर्नुभएको छ । सबैप्रति कृतज्ञ छौं ।" 

आगामी प्रदेश सभाको बैठक स्थायी राजधानी बाटै गरिने र मन्त्रालयका अन्य काम पनि दाङ बाट गर्नेगरी अगाडि बढेको बताउँदै
नेपालमा रहेका सबै प्रदेश राजधानीमा सबैभन्दा नमुना लुम्बिनीलाई उत्कृष्ट बनाउने बताउँदै मुख्यमन्त्री केसीले राप्ती टेक्निकल शिक्षालयको कम्पाउण्डभित्र सबै मन्त्रालय, संसद भवन लगायतका संरचना तयारीको अन्तिम चरणमा रहेको बताए। 

तयारी बिना बुटवलस्थित अस्थायी मुकामबाट मन्त्रालय सारेको भन्दै केही राजनीतिक दलले अनावश्यक विरोध गरेको बताउँदै एकपटक राजधानी क्षेत्रको अवलोकन गर्न आग्रहसमेत गरे।  कार्यक्रममा आन्तरिक मामिला तथा संचारमन्त्री तिलकराम शर्मा र आर्थिक मामिलामन्त्री कृष्णध्वज खड्काले मन्त्रालय व्यवस्थापनका विषयमा सरकारको तयारीका बारेमा जनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ