arrow

आफैँले डाकेको कार्यक्रममा आएनन् मुख्यमन्त्री केसी

logo
नारायण वली,
प्रकाशित २०७९ पुष ७ बिहिबार
journalists-province-5-kulprasad-kc-invited.jpg

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका गौरवको आयोजनाहरुको जानकारी एवं धन्यवाद कार्यक्रम बिहीबार बुटवलमा  सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्बिनी प्रदेशको आयोजनामा भएको कार्यक्रममा पत्रकारहरुको उपस्थिति थियो । 
 
२०७८ साउन २८ गते माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्ति भएदेखि हाल १ वर्ष ५ महिनासम्मको प्रदेश सरकार सञ्चालनमा सञ्चार माध्यम र पत्रकारहरुको सहयोगको मुल्यांकन गर्दै चर्चा गरिएको थियो । 

कार्यक्रममा बोल्दै मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले प्रदेश सरकार गठन र पार्टीको बैठक बस्नुपर्ने भएकाले केसी आउन नसकेको जानकारी गराउँदै पत्रकारहरुले सरकार सञ्चालनको समयअवधिभर दिएको सहयोगको चर्चा गर्दै संघीयतामा प्रदेश सरकार स्थापित गर्नमा निकै मेहनतका साथ लागेको प्रदेश सरकारले मुल्यांकन गरेको जनाए । 


साथै उनले तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेल नेतृत्वको सरकारले ल्याएको तर सरकार फेरबदलका कारण पूरा हुन नसकेका योजनाहरु मुख्यमन्त्री कुलप्रसाद केसी आएपछि प्रदेशका तीन वटा गौरवपूर्ण योजनाहरुलाई पिकअप गर्न सकेको जनाउँदै, सरकारको तर्फबाट विश्वकर्माले लुम्बिनीको स्थायी राजधानी कार्यान्वयन गर्न, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको विशिष्टिकृत नमूना अस्पतालको निर्माणकार्य प्रक्रिया अगाडि बढाउन, बाँकेको खजुरामा लुम्बिनी टेक्निकल कलेजको सुचारु र पाल्पाको रामपुर-रोल्पाको झिनाबाङसम्मको लोकमार्ग सडक निर्माण लगायत काममा सफल भएको जानकारी गराए ।

अर्को प्रसंगमा विश्वकर्माले पुस १२ गते लुम्बिनीको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी दाङमा प्रदेशका पत्रकारहरुका लागि धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरेकाले उक्त कार्यक्रममा सहभागीताको निम्तोसमेत दिए । 

प्रदेशका अनुसार नेपाल पत्रकार महासंघ रुपन्देही शाखालाई भौतिक पूर्वाधार निर्माण गर्न ५० लाख बजेट विनियोजन गरिएको, जुन २५ लाख भन्दा बढी खर्च भइसकेको, पत्रकार क्षमता अभिवृद्धि तालिम, पत्रकार दुर्घटना विमा, सञ्चारसंस्थाको सूचीकृत गर्न खोजिए पनि  कर्मचारीका कारण काम अघि नबढाएकाले पछिल्लो समय ढिलै भए पनि उक्त काम अन्तिम चरणमा पुगेको जानकारी गराइएको थियो । 

कार्यक्रममा पूर्वसंविधान सभा तथा दलित पत्रकार संधका केन्द्रीय अध्यक्ष विनोद पहाडी, राससका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार बालकृष्ण चापागाई, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, सञ्चारिका समूह बुटवलकी अध्यक्ष निरु गौतम लगायतले बोल्दै प्रदेश सरकारले सञ्चारसंस्था र पत्रकारहरुको हकहितका लागि सरकारले खासै काम गर्न नसकेको असन्तुष्ट पोखे । पत्रकारहरुले सञ्चारसंस्थाहरुको उत्थानका लागि एकद्धार प्रणाली बनाएर विज्ञापनमुखी बन्न नसकेको गुनासो गरेका थिए । 

सञ्चारका लागि छुट्टाइएको लाखौं रुपैयाँ बजेटलाई सञ्चार संस्थाहरुमा वितरण गर्नुपर्ने भए पनि  प्रदेश सरकारले २ पटकसम्म फ्रिज हुँदा उपेक्षा गरिएको र प्रदेश सरकार सञ्चारप्रति गम्भीर नदेखिएको जनाएका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ