arrow

सुकुम्वासीको नाममा तिनाउमा बाेरे दोहन, सम्बन्धित निकाय मुकदर्शक

logo
नारायण वली,
प्रकाशित २०७९ पुष ८ शुक्रबार
Bora-Dohan-Tinau-3.jpg

रुपन्देही । बुटवल स्थित तिनाउ नदिमा दिनहुँ जसो मान्छेहरूको भिड हुन्छ । दैनिक जमघट हुने भिड तिनाउ नदिको बगरमा भने, हातमा बेल्चा र बोरा सहितको देखिन्छन् । परिदृश्यलाई नियाल्दा कोही खाडलमा देखिन्छन, कोही बोरामा नदिजन्य पदार्थ उठाउँदै हुन्छन्, त कोही बोरा बोकेर बस्तितिरको उकालो लाग्दै गरेका हुन्छन् । 

यो, दैनिकी नयाँ भने होइन, विगतदेखि नै देखिँदै आएको भिजोल हो । जिल्लाको सबैभन्दा धेरै सुकुम्वासी सङ्ख्याको बाहुल्यता भएको बुटवल उपमहानगर वडा न-११ मानिन्छ । जहाँ, बुटवल उपमहानगरभित्र लामो समयदेखि बसोबास गर्दै आएका र अन्य कुनै कारणले विवाद, दावी विरोध नभएका १६ हजार ५ सय २१ भूमिहीन परिवार बस्दै आएको तथ्याङ्क छ ।  तिनाउको वारिपारि रहेका बस्तीहरूमा सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरु बस्दछन्, । नदी किनारमा घर बनाएर बसेकाहरू बर्षायाम शुरु भएपछि असुरक्षित हुन्छन् । 

तर विडम्बना, सुकुम्वासीको दर्जा उच्चारण गर्ने उनीहरू आफू बसेको स्थानलाई थप जोखिममा पार्ने काम दैनिक रुपमा गर्दै आएका छन् । बेरोजगारीको कारण देखाउँदै, तिनाउ नदी आसपासमा बस्नेहरूले बोरामा नदिजन्य पदार्थ चोरी निकासी गर्दै आएका छन्, । जुन कार्य अवैध नदी दोहन मानिन्छ । नदिजन्य पदार्थ निकासीका लागि स्थानीय पालिकाले भौतिक निर्माणको आवश्यकतालाई पुरा गर्न खोल्ने भए पनि हाल जिल्लाका बुटवल सहित १६ स्थानिय पालिकाहरुले नदिजन्य पदार्थको ठेक्का खोलेका छैनन् । 

बोरामा उठाएर घरमा जम्मा गरी बिक्री गर्दै आएकाहरूले सिमेन्ट बोराको प्रतिबोरा गिट्टीवालुवा ६० रुपैयाँमा बेच्ने गरेको तथ्य फेला परेको छ । स्थलगत रूपमा पुगेका वेला खोलामा भेटिएकी स्थानीय नाम नबताउने सर्तमा एक महिलाले उनले भनिन्, हाम्रो रोजगारी नै यही हो । दिनमा ९-१० बोरा जति बोक्छौँ । "बालुवा बेचेर जीवनयापन गर्दै आएका छौं । यसरी खुलेआम रूपमा नदिजन्य पदार्थ उठाउँदा उपमहानगर तथा प्रहरीले केही गर्दैन ? भन्ने जिज्ञासामा उनी भन्छिन्, बोरामा बोकेर ल्याउँदा हालसम्म कसैले पनि केही गरेको छैन, ।" 
अर्का एक पुरुष युवा पनि तिनाउ बगरमा भेटिए । उमेरले झण्डै २५-३० वर्ष जस्तो देखिने उक्त युवा बोरा बोकेर घर तर्फ लाग्दै थिए । एकैछिन रोकेर कुरा गर्न आग्रह गरे पनि उनले खासै कुरा गर्ने इच्छा देखाएनन्, । छोटो कुराकानीमा नाम परिवर्तन (हेमलाल विक) ले भने, हामीले नदिबाट लग्छौँ, किन्नका लागि घरमै केही ग्राहकहरू आउनुहुन्छ । बिक्रीका लागि समस्या छैन । बोक्न सक्नु पर्‍यो । बिक्री गर्ने दाइहरू पनि हुनुहुन्छ, जसले हामीबाट लगेर फाइदा खाएर बेच्नु हुन्छ । 

स्थानीय नागरिकहरूले अवैध रुपमा बोरामा हालेर नदिजन्य पदार्थ उत्खनन बढ्दै गएकाले तिनाउ नदिको बगर खण्डहर ठुला-ठुला खाडलहरू बन्दै गएको छ । रुपन्देही क्षेत्र न-२ को निर्णायक भोट मानिने उक्त सुकुम्वासी क्षेत्रमा लालपुर्जा प्रदान गर्ने चुनावी फण्डाले थप बस्ती बाक्लिँदै गएको छ । पहाडी तथा अन्य क्षेत्रहरूबाट आएर बसेका नागरिकहरू बेरोजगारको समस्या देखाउँदै दैनिकी टार्न बाध्य भएर बोक्नु परेको बताउँछन् । 

यता बुटवल उपमहानगरपालिकाका "नगरप्रमुख खेलराज पाण्डेले यो समस्या मैले पनि देखेको छु, योगिकुटी-रानीगञ्ज जोड्ने पुल पनि जोखिममा पर्ने खतरा बढेको छ । मैले यसलाई रोक्न नगर प्रहरीलाई पठाउँदै आएको छु, टोल विकास समिति र जनप्रतिनिधिलाई समेत भनेको छु । ठ्याक्कै बन्द गर्न सकिएको छैन, यसका पछाडि कुनै न कुनै छ, त्यसको पत्ता लगाउन म सूक्ष्म अनुसन्धानमा छु, ।" नगर प्रमुख पाण्डेले भने, पेसेवरको पत्ता लागेमा कारबाही तत्काल गरिने बताए । यद्यपि ती बोरावालाहरूलाई समाएमा फेरी गरिखाने वर्गलाई उपमहानगरले दमन गर्‍यो भन्छन्, यसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा सबै क्षेत्रले साथ दिनुपर्ने तर्क गरे। 

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले समितिलाई रोक्ने अधिकार नभएको भन्दै यसको सबै अधिकार उपमहानगरको भएको जनाए ।  हामीले इआईए भए नभएको मात्रै हेर्ने हो, । उनले भने मैले पनि अनुगमनका क्रममा देखेपछि रुपन्देहीका एसपी साबलाई समेत जानकारी गराएको बताए । उत्खननले प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रको भू-भाग समेत जोखिममा पर्ने देखिएको समेत जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ