arrow

पुस १५ देखि एमडीएमएस पूर्णरुपमा लागु हुँदै: यी मोबाइल ब्लक, दर्ता भएका मात्रै किन्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ९ शनिबार
NTA-nepal-telecommunications-authority.jpg

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले पुस १५ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमस) पूर्णरुपमा सञ्चालनमा ल्याउने बताएका छन् । हाल परीक्षणका रुपमा मात्रै रहेको एमडीएमएस पूर्णरुपमा सञ्चालनमा आएसँगै भन्सार छलेर आएका वा आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेटहरु नेपालमा चल्ने छैनन् ।

प्राधिकरणले विदेशबाट नीजि प्रयोगका लागि आफ्नो साथमा ल्याएका र २०७९ को भदौ अगाडि प्रयोगमा नरहेका मोबाइलहरु भन्सार ऐन २०६४ अनुसार भन्सार कार्यालयबाट पज्ञापनपत्र लिई एमडीएमएसमा दर्ता गर्न आग्रह गरेको छ ।

प्राधिकरणले भन्सार घोषणा नभएका अथवा भन्सारमा दर्ता नभएर भित्रिएका मोबाइल सेटहरु एमडीएमएस प्रणालीमा दर्ता नगरिने र यस्ता मोबाइल फोन सञ्चालनमा रोक लगाइने बताएको छ ।

यस्तै प्राधिकरणले एक सुचना जारी गर्दै नयाँ मोबाइल खरिद गर्दा एमडीएमएस प्रणालीमा दर्ता छ छैन् भनेर यकिन गरेर मात्रै खरिद गर्न समेत आग्रह गरेको छ । प्राधिकरणले आयतकर्ता एवं विक्रेता र वितरकहरुलाई पनि आयात गर्नु अघि प्राधिकरणबाट स्वीकृति लिएर दर्ता भएका मोबाइल मात्रै बिक्री वितरण गर्न आग्रह गरेको छ ।

यहाँ (https://mdms.nta.gov.np/)बाट आफ्नो मोबाइल एमडीएमएसमा दर्ता छ छैन् भनेर हेर्न र दर्ता गर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ