arrow

सुदूरपश्चिमका सदस्यले लिए शपथ

logo
दीपेन्द्र बस्नेत, 
प्रकाशित २०७९ पुष १५ शुक्रबार
sudurpachhim-pradesh-oath.jpg

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले ५२ जना प्रदेश सभा सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । 

५२ मध्ये ६ जनाले मातृभाषामा शपथ लिएका हुन् । यसअघि सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथग्रहण गरेका थिए ।

त्यसपछि रावलले प्रदेश सभा भवनमा अन्य ५२ जना प्रदेश सभा सदस्यहरुलाई शपथ खुवाएका हुन् । प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन पुस १८ गते आह्वान गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै पुस १८ गते प्रदेश सभा बैठक आह्वान गरेको हो ।

प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको अधिवेशन १८ गते सोमबार दिउँसो १ बजेदेखि शुरु हुने गरी आह्वान गरेको सो सूचनामा उल्लेख गरिएको छ ।

प्रथम बैठक ज्येष्ठ सदस्य मानबहादुर रावलले सञ्चालन गर्नेछन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा ९एकीकृत समाजवादी० का ३, राप्रपाका १ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ