arrow

मध्यपूर्वबाट बाहिरिनु अघि अमेरिकाका लागि एक विकल्प: चीन-साउदी बीचको तघारो

मध्यपूर्वबाट सकिनु अघि अमेरिकाको एक विकल्प: चीन-साउदी सम्बन्ध बन्न नदिनु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
chin-usa-saudi-arabia.jpg

काठमाडौं । गत महिना अरबी नेता र चीनबीचको भेटघाटको शृङ्खलाका क्रममा साउदी अरेबिया अधिराज्य (केएसए)ले चिनियाँ नेता सी चिनफिङलाई पर्पल कार्पेटमा स्वागत गरेको थियो ।

सीको भ्रमणले मध्यपूर्व र यस भन्दा बाहिर चीनको बढ्दो महत्वाकांक्षालाई प्रतिबिम्बित गर्दछ र खासगरी साउदीको सन्दर्भमा चीनको फाइदाको लागि संयुक्त राज्य अमेरिकालाई ऐतिहासिक साझेदारहरूबाट अलग गर्न खोजेको तरिकाले हेरिन्छ ।

यस्तोमा रियादमा सीको आकर्षक आक्रमणको सबैभन्दा राम्रो प्रतिक्रिया केएसएसँग अमेरिकाको सम्बन्धलाई दोब्बर बनाउनु हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले कुनै बेला पारिया राज्य अर्थात् अन्तर्राष्ट्रिय समुदायबाट बहिष्कृत राष्ट्र भनेको साउदीकै भ्रमण गरेर सम्बन्ध सुधार गर्न खोजेका छन् ।

बाइडेनले प्रशासनले पत्रकार जमाल खशोग्गीको हत्यामा साउदी युवराज मोहम्मद बिन सलमान (एमबीएस)संलग्न रहेको खुफिया रिपोर्ट जारी गरेपछि तनाव झनै बढेको थियो ।

तथापि, बाइडेनको भ्रमण रियादसँगको सम्बन्धलाई सुमधुर बनाउन सहयोगी भएतापनि चिनियाँ भ्रमणले सिर्जना गरेको उत्साह र परिस्थिति जस्तो भने हुन सकेन । र बुझ्नु पर्ने कुरा भनेको, यो चीन र साउदीबीच बढ्दो सम्बन्धको एक मात्र सङ्केत पनि होइन।

यस वर्ष मात्रै अमेरिकाले खतरनाक प्रतिबन्ध लगाएको चिनियाँ टेक्नोलोजी कर्पाेरेशन हुवावेले साउदी शिक्षा केन्द्रसँगको सम्झौतामा हस्ताक्षर गरेको छ। यस्तै, साउदीको तेल कम्पनी अरामकोले चिनियाँ ऊर्जा कम्पनीसँग सहकार्य सम्झौतामा हस्ताक्षर गरेको छ।

स्मरण रहोस्, साउदी चीनको शीर्ष तेल आपूर्तिकर्ता पनि हो, जसले चीनको कुल कच्चा तेल खरिदको १८ प्रतिशत हिस्सा ओगट्छ। सीको भ्रमणको केही हप्ता अघि गत नोभेम्बरमा केएसएले कथित रूपमा ४ अर्ब डलर बराबरको चिनियाँ हतियार किनेको थियो।

सी रियादमा पुग्दा स्थिती झनैं रोमाञ्चक बनेको थियो । सीको भ्रमणको क्रममा एमबीएस र उनले आफ्नो देशहरू बीच रणनीतिक साझेदारीमा हस्ताक्षर गरे । यसका साथै साउदी र चिनियाँ कम्पनीहरू बीच निजी क्षेत्रका सूचना प्रविधि, आनुवंशिकी, खानी, हाइड्रोजन ऊर्जा र उत्पादन लगायतका क्षेत्रमा २९ अर्ब डलरको सम्झौता भयो।

उल्लेखनीय रूपमा हुवावेले साउदी सरकारको मन्त्रालयसँग एक समझदारी पत्रमा हस्ताक्षर गर्‍यो जुन सम्झौताले चिनियाँ टेलिकम कंग्लोमेरेटलाई स्थानीय डाटा केन्द्रहरूसँग साझेदारी गर्न सक्षम बनाउँछ।

दुवै पक्ष यसलाई अझ नियमित वार्तालापका रूपमा विकास गर्न सहमत भएका छन् । दुवै पक्षले आफ्नो साझा चासोका क्षेत्रमा सम्बन्धलाई गहिरो बनाउन ठोस उपाय खोजिरहेका छन्। साउदीको लागि ती चासोहरूमा विश्वको दोस्रो ठुलो अर्थतन्त्रबाट ठुलो लगानीमा पाउनु हो ।

साउदीहरूले बेइजिङसँगको सम्बन्धलाई आफ्नो सबैभन्दा ठुलो क्षेत्रीय खतरा इरानको विरुद्ध हेजको रूपमा पनि हेर्न सक्छन्, कि चीनमा इरानी निर्भरता यस क्षेत्रमा आक्रामक व्यवहार गर्ने तेहरानको रणनीति विपरीत हुनसक्छ ।

बाइडेन प्रशासनले संयुक्त व्यापक कार्य योजना अथवा आणविक सम्झौता (जेसीपीओए) लाई पुनर्जीवित गर्ने आफ्नो इच्छा घोषणा गरेपछि यसविरुद्ध रहेको साउदी झनैं चीन नजिक बन्यो । वार्तामा जस्तासुकै अमेरिकी प्रतिबद्धताले पनि साउदीको चिन्ता कम गर्न सकेन ।

तर इरानमा जारी व्यापक विरोध प्रदर्शन र यसको प्रतिक्रियाले बाइडेन प्रशासनको लागि क्याल्कुलस परिवर्तन भएको देखिन्छ र यसै कारण इरानले इच्छा विपरीत इरान सम्झौता मृत घोषित गर्न बाध्य हुने देखिन्छ ।

र यसले, वाशिंगटन र रियाद बीचको तनावलाई भने, कम गर्न सक्छ । अमेरिकाले आणविक सम्झौतामा सजिलै फिर्ता हुन नसकिने स्थितिमा आधिकारिक रूपमा प्रतिबद्ध हुनुपर्छ र यसले यस साउदीलाई सकारात्मकतातर्फ आश्वस्त पार्न सक्छ ।

यसभन्दा बढी मध्यपूर्वमा अमेरिकाको कमजोर स्थितिलाई बचाउनको लागि ह्वाइट हाउसले साउदी प्रतिनिधिमण्डललाई वाशिंगटनमा बोलाउँदै चीन भन्दा अमेरिकासँगको सम्बन्धमा फाइदा हुने र  अमेरिकालाई पनि किन साउदी आवश्यक छ भन्ने, स्पष्ट पार्न आवश्यक देखिन्छ ।

सुरुमा बाइडेन प्रशासनले केएसएलाई आश्वासन दिनुपर्छ कि इरानलाई नियन्त्रण गर्न संयुक्त राज्य अमेरिका राम्रोसँग सुसज्जित छ र आणविक सम्झौताको सम्भावना समाप्त भइसकेको छ। 

जेसीपीओएको वार्ता सुरु भएदेखि केएसए र यस क्षेत्रका अन्यहरूले वाशिंगटनका सहुलियतहरूलाई कमजोरीको सङ्केतको रूपमा हेरेका छन्, जसको प्रमाण संयुक्त राज्यले आफ्ना सहयोगीहरूबाट टाढिन पर्‍यो। 

यस स्थितीको प्रतिकार गर्नको लागि संयुक्त राज्यले इरानका परिवर्तीत मागहरूको निन्दा गर्नुपर्छ र सार्वजनिक रूपमा आणविक सम्झौता अथवा जेसीपीओए समाप्त भएको घोषणा गर्नुपर्छ ।

दोस्रोमा, संयुक्त राज्य अमेरिकाले केएसएमा आफ्नो विदेशी सैन्य बिक्री बढाउनुपर्छ। यसले तिनीहरूलाई इरान र यस क्षेत्रलाई अस्थिर बनाउन प्रयोग गर्ने प्रोक्सीहरू विरुद्ध अत्याधुनिक उत्पादनहरू प्रयोग गर्न मद्दत गर्नेछ।

इरानी प्रोक्सीहरूले लामो समयदेखि अमेरिकी सहयोगी इजरायललाई पनि निशाना बनाएका छन् र त्यो गतिशीलता चिनियाँ उपस्थितिले सुधार हुने सम्भावना छैन। सीले आफ्नो हालैको भ्रमणको क्रममा प्यालेस्टिनी प्राधिकरणका नेता महमुद अब्बाससँग भेट गर्दा उनले चीन प्यालेस्टिनी जनताको साथमा सधैं उभिने प्रतिबद्धता दोहोर्‍याएका थिए ।

र तेस्रो, वासिङ्टनले चिनियाँ लगानीको विकल्प उपलब्ध गराउन कर्पोरेट अमेरिकासँग मिलेर काम गर्नुपर्छ। घनिष्ट आर्थिक सम्बन्धले अमेरिकी व्यावसायिक हितलाई अगाडि बढाउने मात्र नभएर केएसएको चीनमाथिको प्राविधिक निर्भरता पनि हटाउनेछ ।

हालैका दूरसञ्चार सम्झौताहरू सामान्य लाग्न सक्छ तर, हुवावे र अन्य चिनियाँ कम्पनीहरू सीसीपीसँगको आबद्धता र अल्पसंख्यकहरुको दमनलाई दिएर अमेरिकाबाट प्रतिबन्धित छन्। केएसए चीन जानु अघि संयुक्त राज्यले यी कालोसूचीमा परेका व्यवसायहरूको विकल्प प्रस्तुत गर्नुपर्नेछ ।

साउदी अरेबिया लामो समयदेखि अरब संसारको एक लिडर बनेको छ र यो लामो समयसम्म रहने पनि छ । साउदीसँगको रणनीतिक सम्बन्धलाई कायम राख्न अमेरिकाले आफ्ना साझा हितहरू परिवर्तन नभएको स्पष्ट पार्नु आवश्यक छ। 

चीन र सी चिनफिङले सात दशकदेखिको आपसी समझदारीमा बाधा पुर्‍याउने प्रयास गर्दा अपरिहार्य सहयोगीको रूपमा आफ्नो स्थितिलाई फेरि स्थापित गर्ने जिम्मेवारी वाशिंगटनमा छ तर, सक्छ या सक्दैन भन्ने कुरा आउँदा दिनले देखाउनेछ ।

यो सामग्री इजिप्टियन-अमेरिकी मध्य पूर्व विश्लेषक मेरियम वाबा र विदेश नीति विश्लेषक जेन जोभाकले नेशनलइन्ट्रेष्टका लागि तयार पारेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ