arrow

तिलौराकोट साझेदारी वन व्यवस्थापन समूहको अध्यक्षमा पाण्डेय निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
jay-prakash-pandey.jpg
साझेदारी वन व्यवस्थापन समूहको अध्यक्षमा जय प्रकाश पाण्डेय।

कपिलवस्तु। नेपालमै पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना अनुसार कार्य गरेको तिलौराकोट साझेदारी वन व्यवस्थापन समूहको अध्यक्षमा जय प्रकाश पाण्डेय निर्वाचित भएका छन् । सातौँ साधारण सभा तथा अधिवेशनमा कुल १ सय ८१ मत खसेकोमा १ सय ८ मत पाउँदै पाण्डेय अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यसै गरि अध्यक्षका प्रतिस्पर्धीहरूमा रामअचल यादवले ४३ र वसन्त गिरीले २५ मत पाएका थिए । त्यसैगरी उपाध्यक्षमा ६५ प्राप्त गरी तारावती चौधरी निर्वाचित भएकी छन् उनका प्रतिस्पर्धी गिता कुमारी श्रीवास्तवले ३९ मत, रोशनी चौधरीले २२ मत, मिना सिंह चौधरीले २१ मत, सुनरिया थारुले १७ मत र धुपम मिश्रले १२ मत प्राप्त गरे ।

त्यसै गरी २८ सदस्य जनप्रतिनिधि तर्फबाट उपाध्यक्षमा मोहम्मद जाहिद खाँ निर्वाचित भएका छन् । मूल समितिमा वडा जनप्रतिनिधिबाट सरिता त्रिपाठी, हृदयराम यादव र चन्द्र प्रकाश दुबे निर्वाचित भए । वडा प्रतिनिधिबाट मूल समिति सदस्यमा कपिलवस्तु नगरपालिकाका १२ वडाहरूका रिना लोध, हरिराम यादव, बलराम प्रसाद तिवारी, अल्ताफ हुसेन मुसलमान, बिनय कुमार चौधरी, जुबेर अहमद खाँ, दीप कुमार चौधरी, जयप्रकाश पाण्डेय, मधुसूदन भट्टराई, गोविन्द अहिर, शोहरता पासी र गोवर्द्धन प्रसाद तेली निर्वाचित भएका थिए ।

यशोधरा गाउँपालिकाको ८ वडाबाट क्रमशः  मोहम्मद खलिल मुसलमान, नेजाम अहमद, रामचन्द्र पाण्डेय, चन्द्रहरी चौधरी, ईलियास खाँ, बृजबिन्द कुमार जयसवाल, हरिश्चन्द्र पाठक र जुगुरा तेली, बाणगंगा नगरपालिकाका ३ वटा वडाबाट ज्ञान बहादुर कार्की, सन्तोष प्रताप राणा र भीम बहादुर थापा मूल समितिका लागी निर्वाचित भए । त्यसै गरी मायादेवी गाउँपालिकाका ३ वडाबाट रिखेश्वर प्रसाद बरई, राजु यादव र शारदा प्रसाद पाण्डेय तथा बुद्धभुमीको २ वडाबाट मोहन पाण्डे र सहाबुद्दिन मुसलमान निर्वाचित भएको निर्वाचन समिति संयोजक प्रेमीलाल प्रसाद साहले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ