arrow

उन्मुक्ति तटस्थ बसेपछि सुदूरपश्चिमले सभामुख पाएन, सम्वैधानिक जटिलता देखिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३० शनिबार
sudurpachhim-pradesh.jpg

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख चयन भएन । सभामुख चयनका लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले तटस्थ बस्ने निर्णय गरेपछि सभामुख नचुनिएको हो । 

सुदूर पश्चिम प्रदेश सभामुखका लागि नेपाली कांग्रेसबाट मानबहादुर रावल र नेकपा माओबादी केन्द्रबाट भीम भण्डारी उम्मेदवार रहेका छन् ।
दुवैलाई निर्वाचित हुनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको छ ।

प्रदेश सभाको बैठकको विशेष समयमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका सचेतक लक्षमण किशोर चौधरीले सभामुख चयनमा आफ्नो पार्टी तटस्थ बस्ने उद्घोष गरे । उनले शत्तारूढ दलको सहमतिअनुसार सुदूरपश्चिममा मुख्यमन्त्री चयनका लागिमात्रै समर्थन गर्ने निर्णय भएकोमा सपथका क्रममा बिना जानकारी दुई मन्त्रीलाई पनि सपथमा ल्याइएको भन्दै त्यसको विरोध स्वरूप आजको सभामुख चयनमा तठस्त बस्ने निर्णय गरिएको बताए । 

त्यसैगरी टीकापुर घटनामा आरोपित ठहर गरेर जेल चलान गरिएका रेशम चौधरीलगायत नेता कार्यक्रता छुटाउनसमेत पहल नगरिएको भन्दै उनले सो विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए ।

सुदूरपश्चिम प्रर्देश सभामा माघ २ गते सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने छ । माघ २ गते सभामुख चयन नभए प्रदेश सभा संवैधानिक जटिलतातर्फ धकेलिने छ ।

अर्को बैठक यही माघ २ गते बिहान ९ बजे बस्ने कार्यक्रम छ । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । आउने माघ २ गते यो अवधि पूरा हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ