arrow

लुम्बिनीका मुख्यमन्त्री गिरीले विश्वासको मत लिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
lila giri- dabi-pesh-1.jpg

लुम्बिनी ।  लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदैछन् । 

मुख्यमन्त्री गिरीले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् । 

उनी ५८ प्रदशसभा सदस्यको समर्थनमा गत बपुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

मुख्यमन्त्री गिरीलाई नेकपा (एमाले) का २९, नेकपा (माओवादी केन्द्र) का १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन, जनमत पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका तीन र दुई स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन छ ।

सतासी सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । 

संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ