arrow

लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

logo
नारायण वली,
प्रकाशित २०७९ माघ ५ बिहिबार
lili giri-1.jpg

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका हुन् । 

नेपालको संविधानको धारा १८८ को उपधारा९१० तथा लुम्बिनी प्रदेश नियमावली २०७९ को नियम १४५ को उपनियम९४० बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिएको प्रदेश सभाले जनाएको छ । ८ राजनीतिक दल र दुई स्वतन्त्र सांसद गरी ५७ जनाले पक्षमा मतदान गर्दै गिरीलाई विश्वासको मत दिएका हुन । 

मुख्यमन्त्री गिरीलाई एमालेले २९, माओवादी केन्द्र ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टी ४–४, जसपा, लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाजवादी १ र २ स्वतन्त्र सांसदहरूको सहित ५७ जनाले पक्षमा मतदान गरेका छन् । 

नेकपा माओवादी संसदीय दलका नेता जोखबहादुर महराको आमाको निधन भएकाले उनी अनुपस्थित थिए । सभामुख तुलाराम घर्ती पनि मतदानमा सहभागी भएका थिएनन् । जसले गर्दा विश्वासको मत ५७ र विपक्षमा २८ मत खसेको थियो । सरकार गठन पक्षमा नरहेको एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य भगवती घिमिरेले पनि विश्वासको मत दिएकी छिन। 

मुख्यमन्त्रीको विपक्षमा नेपाली कांग्रेसको २७, राष्ट्रिय जनमोर्चाको एक गरी २८ जनाले मतदान गरेका थिए । सभामुख र उपसभामुख निर्वाचनमा समर्थन गरेका नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्रीलाई विश्वासको मतमा भने विपक्षमा उभिएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ