arrow

धार्मिक सहिष्णुता विना परिवर्तन असम्भव: ऋषि धमला

logo
नारायण वली,
प्रकाशित २०७९ माघ ७ शनिबार
dhamala.JPG

रुपन्देही । धार्मिक प्रभुत्वले मात्रै देशको विकास र जनताको उत्थान हुने शनिवार देवदहमा सञ्चालित श्रीमद्भागवत धनधान्याचलको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्राइम टाइम टेलिभिजनका अध्यक्ष तथा वरिष्ठ पत्रकार ऋषि धमलाले बताएका छन्।  समापन कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पत्रकार धमलाले धर्म परिवर्तनको संवाहक भएको बताउँदै, धार्मिक स्थलको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए।

देशमा पछिल्लो समय राजनीतिक उथलपुथल, सङ्कट तथा घटना दुर्घटना हुँदै गएका वेला सबै क्षेत्र, वर्गको सन्तुलन राख्न धर्मको महत्त्वपूर्ण भूमिका हुने भएकाले धार्मिक सहिष्णुतालाई आत्मसाथ गर्न आग्रह गरे ।

देवदह नगरपालिका वडा न-९ बुद्धनगर घोडाहमा रहेको कोटियादेवि मन्दिरको जीर्णोद्धार अवस्थालाई निर्माण गर्ने उद्देश्यले धार्मिक महोत्सवको आयोजना गरिएको आयोजकले बताएको छ।

पुस ३० गतेदेखि माघ ७ गतेसम्म ८ दिन सञ्चालन भएको धार्मिक महोत्सवमा नगद, जिन्सी धान, चामल र मन्दिरका लागि भूमिदान समेत भएको बताइएको छ । महोत्सवमा श्रद्धालु भक्तजनहरूलाई दुग्धजन्य परिकारको भोजन कार्यक्रम नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशले प्रदान गरेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सांसद तथा पूर्वराज्य मन्त्री अब्दुल रज्जाक, देवदह नगरपालिका पूर्वमेयर हिरा बहादुर केसी, देवदह नगरपालिकाका वर्तमान मेयर धुव्र प्रसाद खरेल, उपमेयर  विद्यालक्ष्मी गुरुङ, नेपाल पेट्रोलियम डिलर एशोसिशयनका केन्द्रीय सदस्य र रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

धनधान्याचलको प्रमुख वाचक ओम प्रकाश सुवेदी, सङ्कल्प कर्ता कथा वाचक वालव्यास श्रवण न्यौपानेले प्रवचन दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ