arrow

सीडीयोले अख्तियारको फर्जी व्यक्ति खडा गरी ७० लाखको डिल गरेको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २० शुक्रबार
lalbabu-kawawadi-cdo.jpg
तस्बिर – फाइल ।

सिराहा । सिराहाबाट गोरखाका लागि सरुवा भएका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जग्गाको विवादित मिलाईदिन ठूलो रकमको ‘वार्गेनिङ’ गरेको भन्दै सीआईबीले अनुसन्धान शुरु गरेको छ ।

सिराहाका तत्कालीन सीडीओ कवाडीको यही विवादले सरुवासमेत रोक्का गरी सेवाग्राहीसँग जग्गा विवाद मिलाउन लाखौं रकम डिल गरेको अडियो फेला परेपछि सिआईबीले उनीमाथि अनुसन्धान शुरु गरेको हो । 

जग्गाको विवाद मिलाउन सीडीयोसँग पहिलो चरणमा कुरा गर्दा एक करोड रुपैयाँबाट ‘बार्गेनिङ’ शुरु भएको स्रोतले बताएको छ। सोही जग्गामा सेवाग्राहीको भाइको छोराले यसमा मेरो पनि अंश रहेको र मेरो काकाले यो जग्गा एकलै हडफिन् खोजको भन्दै उनले जिल्ला प्रशासन कार्यालय सिराहामा निवेदन दिएको थियो । सोही निवेदनको आधारमा सीडीयोले जग्गाधनीलाई विभिन्न किसिमको धाक धम्की देखाएर अनत्यमा आर्थिक वार्गेनिङ शुरु गरेको स्रोतले जनाएका छन् । 

डिल अगाडी नबढेपछि सीडीयोले नै फर्जी अख्तियारको अधिकारी पुस्पेन्द्र नामका व्यक्तिखडा गरी नयाँ डिल शुरु गरेको थियो । उनी सप्तरी राजविराजका निर्माण व्यसायी हाल लाहान स्थित कोठा भाडामा बस्दै आइरहेको स्रोतले बताएको छ। उनले सेवाग्राहीसँग आफू अख्तियारको ठुलो हाकिम रहेको भन्दै सेवाग्राहीसँग पैसाको बार्गेनिङ शुरु गरिएको स्रोतले बताएको छ । 

सेवाग्राहीसँगको पटक पटकको छलफलपछि ७० लाखमा ‘डिल’ भएको थियो । सेवाग्राहीले एकैपटक तिर्न नसक्ने भनेपछि एक महिनामा ५ किस्ता बनाएर बुझाउने सेवाग्राहि र विचौलियाविच बार्तालाप भएको थियो । 

जमीनको मुद्दा मिलाउन सेवाग्राही र सीडीयोसँग भएको वार्तालाप

सेवाग्राही– अहाँ जरे भेट करैला आवके छलै सर। (तपाईसँग भेट्न आउँ भनेको सर) । 
सीडीयो कवाडी– आई फूर्सद नै है, काईल अपने आईल जाउ। (आज फूर्सद छैन तपाई भोलि किहान भेट्न आउनुस्) । सर हम पुस्पेन्द्रजौडे (सीडीयोले खडा गरेको विचौलिया) बात करलियै। सर मैले पुस्पेन्द्रसँग कुरा गरें। 
सीडीयो– उ के आद्मी है हमरा कोनो सम्मझेमे नई आरहल है। सायद उपर से आईल है, आन्दाज। यी आदमी हमरा ज्यादे पे्रसर करहल है। गृह सः,आ टङ्गालो स खवर आईव रहल है। ‘किन कार्वाही भइरहेछैन, के हेरेर बसिरहेछ’ भन्दै गृहस सेहो प्रेसर आईवरहल है। हम कहली ‘कार्वही भईरहेछ, प्रक्रियामा छस कहली हम। (ऊ को मान्छे हो मैले पनि चिन्न सकेको छैन। सायद माथिबाट आएको हो। यो मान्छेले मलाई साह्रैै प्रेसर गरिरहेको छ। गृहबाट र टंगालबाट पनि फोन आइरहेको छ।  ‘किन कारबाही भइरहेको छैन, के हेरेर बसिरहेछ’ भन्दै गृहबाट पनि प्रेसर आइरहेको छ। मैले ‘कारबाही भइरहेछ, प्रक्रियामा छ भनेको छु।’)

सेवाग्राही– हमरा उनका (पुस्पेन्द्र) पर विश्वास नै भरहल है। अहिजोरे वार्गेनिङ्ग कैरती।
(मलाई उनी (पुस्पेन्द्र)सँग विश्वास भइरहेको छैन। तपाईसँगै बार्गेनिङ गर्न पाए हुन्थ्यो। ) 

सीडीयो–ऐहन बात फोन पर नै करु, काईल आउँ भेटेके बात करैछी। यना फोनमे बात कके नै फसाउ। 
ईबात फोनपर नै करु। काईल आउ, सात बजे बैसक बात करैछि। 
(यस्तो कुरो फोनमा नगरौं,  भोलि आउनु भेटेरै कुरो गरौं। इस्तो कुरो फोनमा गरेर फसाउने काम नगरौं। भोलि बिहानै आउनु बसेरै कुरा गरौंला। ) 

पुस्पेन्द्र र सेवाग्राहीबीच भएको कुराकानी
पुस्पेन्द्र–म काठमाडौं मै छु। जिल्लाले सीआईवीमा मेल पठाइदिएको छ। मेल हेरेर सलट्याएर आउँछु। तपाईहरु पनि सम्पर्कमा आउनु भएन। मेल आएको छ। 
सेवाग्रही – हामीलाई पैसा संकलन गर्न टाईम लाग्यो। 

पुस्पेन्द्रः म मेल हेरेर भन्छु। यति दिनसम्म पर्खिनु भयो, अझै एकदिन पर्खिनुस्। मैले अनुसन्धानको सचिवसँग कुरा गरेको छु। जिल्लाबाट केही हुँदैन। म विभिन्न कामले व्यस्त रहेँ । म जुनसुकै ठाउँमा पनि भेटौला।  तपाईकै घरमा पनि भेटौंला।

सेवाग्रमही– मलाई बुबाले जम्मा ७० लाखमा ‘डिल’ भएको कुरा सुनाउनु भएछ वास्तविक केहो ? 

पुस्पेन्द्रः ६७ लाख जिल्ला र माथि सम्मलाई भो ।

सेवाग्राही – अनि तपाईलाई व्यतिगत ३ लाख दिनुपर्ने भनिएको छ। पाँच किस्तामा तिर्ने सहमति पनि भएको थाहा पाएँ । ‘सीडीयोले तपाईंको नम्वर दिनुभयो। हामीले तपाईं भनेको पनि सीडीयो नै हो भन्ने बुझ्छौं । 

पुस्पेन्द्र –तपाईंहरुले जिल्लामै मिलाउन पर्थ्यो। तपाईंहरु जिल्ला छोडेर माथि जानु भयो। अहिले फेरि जिल्ला मै फर्काउने भएपछि तपाईंहरुलाई महँगो पर्यो। फर्काउँदा पनि विभिन्न खर्चहरु भएको छ। 

सेवाग्राहीः पहिलो किस्तामा कति दिने भन्ने ‘कनफ्यूजन’ भयो कति दिने भन्ने हो। 
पुस्पेन्द्रः हामीले किस्ता भनेपनि एक महिनामा तपाईहरुले जति जति सकिन्छ,  दिंदै जानु होला। तर पहिलो किस्तामा १६ लाखभन्दा माथि दिनुहोला। 
सेवाग्राहीः हामी १० लाखसम्म दिने भनिरहेको थिएँ। तर १४ लाख लिएर भोलि आउँछु।

घटना यस्तो हो –

 करिब २०५९ सालमै माओवादी द्धन्दकालकै बेला जिल्लाको मिर्चैया नगरपालिका ६ का राजेश्वर साह र तत्कालीन माओवादी नेता स्व. रामप्रताप साहबीचको जग्गा विवाद मिलाउन त्यतिबेला माओवादीमै रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) का अध्यक्षसमेत रहेका सिरहा नगरपालिका ७ का नागेन्द्रकुमार पासवान (ज्वाला सिंह) र माओवादीकै केही नेताहरुले उनीहरुसँग ९५ हजारको कपाली र २४ कठ्ठा जग्गा समेत नागेन्द्रको नाममा पास गरिएको स्रोतले जनाएको छ । 

२० वर्षपछि राजेश्वरले माओवादी नेताहरुलाई गुहार गरे पश्चात नागेन्द्र कुमार पासवान (ज्वाला सिंह) सँग व्यापक छलफल र पहल गरेपछि पटक–पटक गरी जम्मा ७ कठ्ठा जग्गा फिर्ता गरे पनि १७ कठ्ठा जग्गा भन्ने अझै उनकै नाममा रहेको स्रोतले बताए ।

पासवानले १४ जेठ २०७६ मा सिराहाको साविक रामनगर गाविस ६ (क) को कित्ता नं १४७६ (हाल मिर्चैया नगरपालिका ६) को तीनकठ्ठा आठ धुर जग्गा २० लाख रुपैयाँ र ८ भदौ २०७५ मा कित्ता नं। १२५२ को चार कठ्ठा तीन धुर जग्गा २० लाख गरी ४० लाख रुपैयाँ थैली राखी रामनगर ६ का राजेश्वर प्रसाद साहलाई बिक्री (‘उनकै जग्गा फिर्ता गरेको ’) गरेको मालपोतको श्रेस्तामा उल्लेख छ । 

तत्कालीन भूमिगत पार्टी नेकपा माओवादीमा रहेकै बेला जयकृष्ण गोइतले माओवादीमा तराईको बारेमा विमति राख्दै २०६१ सालमा जनतान्त्रिक तराई मुक्ति मोर्चा गठन गरेपछि गोइतसँगै पासवान पनि भुमिगत समुहमा लागेका थिए । त्यहि जमीनको विषयमा गोइतसँग पनि पार्टीमा विवाद र दवाव बढेपछि पासवान जयकृण गोइतसँग छुटिएको माओवादी नेताहरु बताउँछन् ।

‘दाजुभाइको विवादमा रहेको जग्गा तत्कालिन माओवादीले झगडा मिलाउने नाममा नागेन्द्र पासवानको नाममा राखेको माओवादीका नेताहरु बताउँछन् । जमिन महगो हुँदै गएपछि पासवानमा कुनियत देखिदै गएपछि पार्टीनै छोडेर हिडेको माओवादी नेताहरुको भनाई छ ।’


गोइतले पनि सोहि जग्गा फर्काउन भनेपछि उनी गोईतसँग पनि छुट्टिएर आफ्नै नेतृत्वमा दुई वर्षपछि २०६३ सालमा नागेन्द्रले जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) समूह गठन गरेको थियो । प्रहरीले खोजी गरिरहेका पासवान परिवारसहित भारतको बिहार प्रान्तमा बस्दै आएको बताइन्छ ।

स्रोतका अनुसार, ‘ ज्वाला सिंहले फिर्ता गरेको ७ कठ्ठा जग्गामा जग्गा धनीको भाई स्व। विन्देश्वर साहको छोरा रोहित साहले केहि राजनितिक व्यतिहरुको उक्साहटमा करिव ६ महिना अगाडी जिल्ला प्रशासन कार्यालयमा अंश दिलाइ दिन निवेदन दिएको थियो। निवेदन दिए पश्चात सिडियोले यो डिल करिव ६ महिना देखि गरिरहेको स्रोतको दाबी छ।

जग्गाको अहिलेको बजार मुल्य (मार्केट भ्यालु) करिब ७ करोडको रहेको स्रोतले बताएका छन् । यसमा अख्तियार र सीबीआईले पनि सेवाग्राहीलाई सघाउँदै आएको स्रोतको भनाइ छ । 

सीडीयो कवाडी यसअघि पनि रंगेहात घुससहित पक्राउ परेपछि अदालतबाट सफाइ पाएका विवादास्पद कर्मचारी हुन् । (न्यूज कारखानाबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ