arrow

मुख्यमन्त्री रावलले विश्वासको मत लिँदै, नागरिक उन्मुक्ति लचिलो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
sudurpachhim-pradesh.jpg
तस्बिर – फाइल ।

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बुधबार मुख्यमन्त्रीको विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक वाध्यताबीच अन्तिम अवस्थामा विश्वासको मत लिन लागेका हुन् । 

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । 

नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरेपछि अप्ठयारोमा परेका रावललाई रेशम चौधरीको मुद्धामा सर्वोच्च अदालतले प्रत्यक्षी झिकाउने आदेश गरेसँगै मुख्यमन्त्री बनेका रावललाई विश्वासको मत लिन सहज भएको हो ।

नेकपा एमालेका रावल सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ