arrow

राष्ट्रिय सभा सदस्यका लागि मतदान, तीन जना उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
liila-giri-lumbini-chief-minister-voting.jpg
तस्बिर – मतदान गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी ।

दाङ । लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभा सदस्य उपनिर्वाचन भइरहेको छ । सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरु चुनावी प्रतिष्पर्धामा छन् ।

जसअनुसार सत्तारूढ एमालेका तर्फबाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्ष कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार बिहान १० १० बदेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा भइरहेको छ । 

तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त प्रदेशवाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त हुन पुगेको थियो । उक्त रिक्त पदमा अहिले मतदान भइरहेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ