arrow

बुटवल लुम्बिनी बस टर्मिनलः सम्झौता विपरीत ठेकेदारको लुट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
butwal-buspark.jpg

बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मध्यभागमा पर्ने बुटवलमा लुम्बिनी बस टर्मिनल (नयाँ बसपार्क) छ । बुटवल उपमहानगरपालिकाको स्वामित्वमा रहेको उक्त बसपार्कको ठेक्का प्रक्रियामा सञ्चालन हुने गर्दछ । आर्थिक वर्ष २०७९|०८०–०८०|०८१ का लागि उपमहानगरले आह्वान गरेको बोलपत्रमा गणेश एण्ड सन्स कन्स्ट्रक्सन बुटवल–१३ ले ठेक्का हात पार्याे । जसका सञ्चालक नारायण श्रीस हुन् ।

दुई आर्थिक वर्षका लागि कन्स्ट्रक्सनले २ करोड ९१ लाख, ५४ हजार भ्याट सहित २०७९ असोज ३० गतेदेखि २०८१ असार मसान्तसम्म सञ्चालन गर्न ठेक्का पाएको छ । बस टर्मिनल सञ्चानल गर्ने सम्बन्धमा बुटवल उपमहानगर र ठेकेदार पक्षबीच सम्झौता गरिएको छ । पत्रमा लुम्बिनी बस टर्मिनल हाताभित्र रहेका सार्वजनिक शौचालय, सपिङ्ग कम्प्लेक्स भवन, टर्मिनल भवन र सो भवनको दक्षिणतर्फको करिब २.५ कठ्ठा खाली जग्गा बाहेकको सञ्चालन|व्यवस्थापन गर्ने सम्बन्धमा देहाय बमोजिमका शर्त, नियम तथा प्रावधानहरुको पालना गर्नुपर्ने उल्लेख छ । 

बुटवल उपमहानगरका विभिन्न शाखा प्रमुख कर्मचारीहरु र स्वीकृत बोलपत्रवाला सञ्चालक गणेश एण्ड सन्स कन्स्ट्रक्सन (दोस्रो पक्ष) ठेकेदार प्रतिनिधिबीच गरिएको सम्झौता पत्रमा ३० वटा शर्त नियम तथा प्रावधानहरु उल्लेख गरिएको छ । तर प्रावधानमा उल्लेख गरिएका शर्तहरुमा बसपार्कदेखि बाहिर रहेको पूर्वपश्चिम राजमार्गमा चल्ने लामो दूरीका बस, बुटवलको राजमार्ग चौराह, सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देही–पाल्पा सीमाक्षेत्रमा पर्ने चिडियाखोला, नेपालगञ्ज रोड र नयाँ बसपार्क अगाडिको हाइवेमा बसेर शुल्क उठाउन नपाउने नियम स्पष्ट भए पनि  ठेकेदारले दैनिक हजारौं रुपैयाँ असुल्दै आएको पाइएको हो । 

बुटवल उपमहानगरपालिकाले गत भदौ १४ गते आय ठेक्का सम्बन्धी बोलपत्र आह्वानको पहिलो पटक प्रकाशित गरेको सूचनामा बसपार्कको क्षेत्राधिकार भन्दा बाहिरबाट शुल्क उठाउन नपाउनेसमेत जनाइए पनि ठेकेदारले अवैध रुपमा शुल्क उठाउँदै आएको भेटिएको छ ।

पत्रमा लामो दूरीका सवारीबाट रकम उठाउनेबारे कहिँकतै उल्लेख गरिएको छैन भने छोटो दूरीमा चल्ने सवारीको हकमा सम्झौता पत्रको बुँदा नं–१६ मा लेखिएको छः, “सार्वजनिक यात्रुसेवामा चल्ने सम्पूर्ण सवारीसाधनहरु (जीप, मिनी बस, माइक्रोबस) लुम्बिनी बस टर्मिनलबाटै सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।”

गोलपार्कबाट सालझण्डी, भैरहवा, बर्दघाट र बसपार्कबाट पाल्पाका लागि छुट्ने बसहरुबाट ५० रुपैयाँ लिने कायम गरिए पनि ठेकेदार पक्षले ६० रुपैयाँ लिँदै आएको पाइएको हो । बुँदा नं–१६ मा उल्लेख भएको शर्तलाई ठाडै उल्लंघन गरी तोकिए विपरीत रकम असुल्दै आएको अवस्थामा नियमन निकाय बुटवल उपमहानगरको अनुगमन भने शून्य छ ।

उपमहानगरले बसपार्क भित्रको निगरानीका लागि नगर प्रहरी बस्ने व्यवस्था गरे पनि, कुनै औचित्य नभएको नाम नबताउने सर्तमा एक पार्किङ गर्दै आएका सेवाग्राहीले भने । उनले भने, 'मेरो कार छ । सधै यहीँ पार्किङ गर्छु, १५ रुपैयाँ तिर्न भनेर उपमहानगरले तोके पनि ठेकेदारले हामीसँग ५० रुपैयाँ लिने गरेको छ । जुन रकम मनोमानी र अवैधानिक मानिन्छ ।' 

हाइवेमा चल्ने रात्रिबसबाट प्रत्येक दिन उठाइने काम निरन्तर हुँदै आएको छ । जुन क्रियाकलापबारे स्थानीय प्रशासनलाईसमेत जानकारी भए पनि चुप लागेर बसेको बुटवल उपमहानगर–९ इट्टाभट्टीका एक व्यक्तिले बताए । उनी भन्छन्, 'सरकारी निकायसँग सम्झौता गरी सञ्चालन गरिएको बसपार्कमा नियम विपरीत रकम असुल गर्दा पनि सम्बन्धित निकाय मौन बस्नुले आशंका पैदा भएको छ ।' 

यस्तो छ, बस टर्मिनल सेवा शुल्क भ्याट सहित सम्झौता पत्रमा !
लामो दूरी एसी बस १००, लामो दूरीमा चल्ने बस, मिनीबस, माइक्रोबस ६०, लोकल रुटमा चल्ने बस, मिनीबस, माइक्रोबस ५०, छोटो दूरीको बस, मिनीबस, माइक्रोबस ५०, नगर रुट बस, मिनीबस, माइक्रोबस २०, लामो दूरीमा चल्ने टाटा सुमो, जीप आदि ४०, लोकल रुट टाटा सुमो, जीप आदि ३०, छोटो दूरी टाटा सुमो, जीप आदि २०, नगर रुट टाटा सुमो, जीप आदि १५, निजी भाडाका जीप तथा कार भ्यान आदि १५ र सामान ढुवानीका लागि रिक्सा टर्मिनल प्रवेश गर्दा १० रुपैयाँ प्रतिपटक उल्लेख गरिएको छ ।

ठेक्का पत्र र सम्झौता पत्रमा शुल्क फरक ! उपमहानगरपालिका माथि पनि आशंका 
क्र.स.   ठेक्का आह्वान भ्याटसहित      शुल्क     सम्झौता पत्रमा भ्याट सहित       शुल्क        असुली बढी शुल्क 
१    लामो दूरी एसी बस                         ६०    लामो दूरी एसी बस                          १००               ४०    रुपैयाँ
२    लोकल रुट बस, मिनी, माइक्रो बस    ५०    लामो रुट बस, मिनी, माइक्रो बस       ६०                १०     रुपैयाँ
३    छोटो दूरी बस, मिनी, माइक्रो बस     ५०    लोकल रुट बस, मिनी, माइक्रो बस      ५०                   समान 
४    नगर रुट बस, मिनी, माइक्रो बस      २०    छोटो रुट बस, मिनी,माइक्रो बस          ५०                 ३०   रुपैयाँ
५    लामो रुट टाटा सुमो, जीप आदि      ४०    नगर रुट टाटा सुमो, जीप आदि            २०                 २०    रुपैयाँ
६    लोकल रुट टाटा सुमो, जीप आदि   ३०    लामो रुट टाटा सुमो, जीप आदि            ४०                 १०    रुपैयाँ
७    छोटो रुट टाटा सुमो, जीप आदि      २०    लोकल रुट टाटा सुमो, जीप आदि      ३०                  १०   रुपैयाँ

८     नगर रुट टाटा सुमो, जीप आदि     १५     छोटो रुट टाटा सुमो, जीप आदि         २०                 ५     रुपैयाँ
९    निजी भाडा जीप, कार भ्यान          १५     नगर रुट टाटा सुमो, जीप आदि          १५                 समान
१०  सामान ढुवानी रिक्सा प्रवेश             १०      निजी भाडा जीप, कार, भ्यान              १५                 छैन ।
                                                      ११.     सामान ढुवानी रिक्सा प्रवेश                  १०                 छैन ।

जीप, कार पार्किङ्ग बाफत ५० र राजमार्गमा चल्ने पश्चिमबाट पूर्व जाँदै गरेका र पूर्वबाट पश्चिम जाँदै गरेका बसहरुबाट पैसा उठाएको भिडियो र कारबाट १५ रुपैया प्रति पटक उठाउने सम्झौतामा स्पष्ट उल्लेख गरेका बेला ३५ रुपैयाँ बढी उठाइँदै आएको रसिद सुरक्षित छन् । रसिदमा गाडी नम्बर र कुन प्रकारको सवारी हो भनेर किटान नगरेको भए पनि रसिद कार चालकबाट प्राप्त भएको हो । 

को–को छन् त साक्षी रोहवरमा ?
प्रथम पक्ष बुटवल उपमहानगरको तर्फबाट मित्रमणी खनाल वित्त व्यवस्थापन महाशाखा प्रमुख, प्राकृतिक श्रोत तथा सम्पती व्यवस्थापन शाखा प्रमुख रामप्रसाद अर्याल, डोलराज पौडेल राजश्व शाखा प्रमुख, लेखनाथ पोखरेल लेखा शाखा प्रमुख छन् । दोस्रो पक्षको तर्फबाट विक्रम श्रीस गणेश एण्ड सन्स कन्स्ट्रक्सन, देव बहादुर थापा गणेश एण्ड सन्स कन्स्ट्रक्सन रहेका छन् ।

यसो भन्छन्, बुटवल उपमहानगर प्रमुख प्रशासकीय अधिकृत 
'यस विषयमा प्रतिक्रिया लिँदा बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले यसअघि यस्तै गुनासो उपमहानगरमा आएपछि हामीले प्रहरीलाई खबर गर्दै चिडिया खोला नाकामा जाँच गर्न पठायौं । त्यहाँ जाँदा ठेकेदार पक्षका केटाहरुले नउठाएको भन्ने जानकारी आयो', अधिकृत पन्थीले भने, 'पुनः मैले उक्त बसपार्कका ठेकेदारलाई सोध्दा आफूहरुले सम्झौता विपरीत काम नगरेको भन्दै हाम्रो नाम लिएर अरुले नै उठाएको जवाफ दिए ।' 

अधिकृत पन्थीले सम्झौता विपरLत पैसा उठाएको प्रमाण फेला परेमा तत्काल ठेकेदार पक्षलाई कारबाही गरिने बताउँदै ठेक्का तोड्न तथा धरौटी जफतसमेत गर्न सकिने सुनाए । 

पश्चिम नेपाल बस व्यवसायीका अध्यक्ष खरेल
बुटवल उपमहानगरपालिकाले ठेक्का खुलाउँदा आफूहरुसँग कुनै पनि समन्वय नगरेको भन्दै ठेकेदार र उपमहानगरपालिकाबीच गरिने ठेक्काले बस व्यवसायीहरु मारमा परेका छन् ।

ठेक्का पत्रमा ६० रुपैयाँ तर अहिले सम्झौता पत्रमा एसी बसको एक सय रुपैयाँ र अन्य सवारीको पनि शुल्क फरक परेको बारेमा आफूलाई कुनै जानकारी नभएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ