arrow

दोधारा सुख्खा बन्दरगाह चाँडै संचालनमा ल्याउने उद्योग मन्त्री भण्डारीको प्रतिबद्वता

logo
सुनील आउजी, 
प्रकाशित २०७९ माघ २६ बिहिबार
kailali-chamber-fo-commerce-and-industry.jpg

धनगढी । नेकपा एमालेका प्रदेश अध्यक्ष तथा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिममा औद्योगिक क्षेत्रको विकास जसरी हुनुपर्ने हो त्यो नभएको उनले बताएका छन् । अन्य प्रदेशको हकमा सुदूरपश्चिम धेरै पछाडि रहेको उनले बताए ।

उनले कन्चनपुरको दोधारा सुख्खा बन्दरगाह प्रधानमन्त्रीले निरीक्षण गरेर चाँडै संचालनमा ल्याउने प्रतिबद्वता गरेका छन् । भारतीय पक्षबाट निर्माण कार्य अघि बढेकोले बजेटको दायरा बढाएको मन्त्री भण्डारीले बताए । 

जनताका गुनासा बढेको भन्दै राज्यले सुशासनको अनुभूतिमा जोड दिनुपर्ने भन्दै उनले अहिले देशमा अर्थतन्त्र सरकारी व्यापार घाटा सबैभन्दा बढी रहेको स्पष्ट पारे । 

भारतसँग दुई देशबीच भएको सहमति व्यापार परिवहन नीति छिट्टै लागु गर्न मन्त्रालयले काम गरिरहेको पनि मन्त्री भण्डारीले सुनाए । सुदूरपश्चिममा छेला उद्योग ग्राम सरकारको उच्च प्राथमितामा रहेको छ । सेजको कार्यक्रम हरैया उद्योग संचालन गर्न बहुवर्षीय ठेक्का दिन काम अगाडि बढाइएको छ । 

सरकारले पुरक बजेट नल्याउने, ५० लाख युवालाई स्वदेश फर्काउने र सरकारी व्यापार घाटा कम र रोजगारीको व्यवस्था गर्ने मन्त्री भण्डारीको दाबी छ । 

सुदूरपश्चिम प्रदेशका व्यवसायी इमानदार रहेको मन्त्रीले बताए । सुदूरपश्चिम प्रदेशको विकासका लागि आफू प्रतिबद्व रहेको भन्दै उनले वर्तमान सरकार व्यवसायी उद्योगीहरुको साथमा रहेको पनि वचन दिए । 

कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री भण्डारीले सो कुरा बताएका हुन् । 

सुदूरपश्चिम प्रदेशको आर्थिक विकास, सामाजिक राजनीतिक हिसाबले पछाडि परेको यो प्रदेशको विकास लागि आफूले मन्त्री हुँदासम्म सक्दो पहल गर्ने बताए ।

कार्यक्रममा विशिष्ट अथितिको आशनबाट बोल्दै  सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य धर्मराज पाठकले यस क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने बताए । 

सुदूरपश्चिम प्रदेशमा व्यवसाय गर्न समस्या रहेको, उद्योग स्थापना गर्न सरकारले सुदूरपश्चिमलाई बेवास्ता गरेको व्यवसायीहरुले मन्त्रीलाई जानकारी गराए । 

सरकारी नीति फितलो भएका कारण सुदूरपश्चिमको व्यवसाय धरासायी हुने अवस्थामा पुगेको भन्दै व्यवसायीहरुले आफूहरुका माग पूरा गर्न आग्रह गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ