arrow

नागरिक उन्मुक्ति गएन सुदूरपश्चिम प्रदेश सभा बैठकमा, ढल्दै रावल सरकार [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
rajendra-singh-rawal---.jpg

काठमाडौं । मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक जारी रहेको छ । बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद उपस्थित छैनन् । उन्मुक्तिले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले साथ नदिँदा मुख्यमन्त्री रावलले विश्वासको मत पाउन कठिन छ । प्रदेश सभामा एमाले १०, माओवादी केन्द्र ९सभामुख बाहेक० १० र राप्रपा १ गरी  केवल २१ मत छ। जुन आवश्यक मत २७ भन्दा ६ मतले कम हो । ७ मत रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिन्छ ।

पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले माओवादी केन्द्र ११, एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७ र राप्रपा १ को समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । 

दाबी पेश गर्दा उनलाई २९ सांसदको समर्थन थियो । ५३ मध्ये ४५ सांसद उपस्थित छन् । आठ जना अनुपस्थित रहेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ