arrow

साउदीमा रोनाल्डोको प्रभाव, एकै खेलमा गरे चार गोल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
ronaldo-al-nassr.jpg

काठमाडौं । व्यवसायिक फुटबलका लागि युरोपेली क्लब छाडेर साउदी अरेबिया आएपछि पोर्चुगिच फुटबल स्टार क्रिष्टियानो रोनाल्डोको प्रभाव झन् बढ्दै गएको छ । साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डो आबद्द अल नसरले सहज जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा नसरले अल वेह्दालाई ४–० गोल अन्तरले हराएको हो । अल नसरको जितमा रोनाल्डो एक्लैले ४ गोल गरे ।

खेलको २१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई शुरुआती अग्रता दिलाएका थिए । ४० औं मिनेटमा दोस्रो, ५३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट तेस्रो तथा ६१ औं मिनेटमा चौथो गोल गर्दै नसरलाई सहज जित दिलाए ।

योसँगै रोनाल्डोले पाँच सय लिग गोलसमेत पूरा गरेका छन् ।

रोनाल्डोको आगमनसँगै नसर शीर्ष स्थानमा उक्लिएको छ । १६ खेलबाट ३७ अंकसहित अल असर शीर्ष स्थानमा पुगेको हो । दोस्रो स्थानको अल शबाबको १७ खेलबाट ३७ अंक छ । 

त्यस्तै तेस्रो स्थानको अल इत्तिहादको १५ खेलबाट ३४ अंक छ । चौथो अल हिलालको १५ खेलबाट ३२ अंक छ । लिगमा निकै प्रतिस्पर्धा रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ