arrow

मुख्यमन्त्री शाहले लिए शपथ, सानो आकारको मन्त्रिमण्डल, नेकपा एसको साथ

logo
सुनील आउजी, 
प्रकाशित २०७९ माघ २७ शुक्रबार
kamal-bahadur-shah-sapath-2079-10-27.jpg

धनगढी । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

२७ पुसमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए । उनले राजीनामा बुझाए लगत्तै शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

यसैबीच मुख्यमन्त्री शाहले मन्त्रिमण्डलसमेत विस्तार गरेका छन् । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधारमन्त्री र नेकपा समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका छन् ।

मन्त्री नियुक्त भएसँगै प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच देउवा र शाहीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ