arrow

लुम्बिनीमा हलचल, मन्त्री केसीले दिइन् मन्त्रालय नै सम्हाल्न नपाइ राजीनामा  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २८ शनिबार
krishna-kc-lumbini-samsad.jpg

देउखुरी । लुम्बिनी प्रदेशकी बिना विभागीय मन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिएकी छिन् । मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै उनले आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा दिएकी हुन् ।  

गत पुस २८ गते केसीले बिना विभागीय मन्त्रीका रुपमा शपथग्रहण गरेकी थिइन् । मुख्यमन्त्री लिला गिरीले आइतबार मन्त्रिमण्डल विस्तारको तयारी गरेको उनको निजी सचिवालले जनाएको छ । 

नेकपा माओवादी केन्द्रका तर्फबाट बिना विभागीय मन्त्री बनेकी केसीको राजीनामा सरकारसँगको असन्तुष्टिका कारण नभएको मन्त्री तथा सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए । उनले भने, “मन्त्री केसीको राजीनामा उहाँको पार्टीभित्रको समस्या होला, सरकारसँगको असहमतिबाट होइन ।”
    
मुख्यमन्त्री गिरी गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले यही माघ ५ गते प्रदेशसभामा विश्वासको मत पाएका थिए । तर अहिलेसम्म मन्त्रिपरिषद विस्तार भने गर्न सकेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ