arrow

लुम्बिनीमा एक महिनापछि मन्त्रिमण्डल गठन, राजीनामा दिएकी कृष्णालाई मन्त्रालयको जिम्मा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २८ शनिबार
lumbini-province-9.jpg
तस्बिर – फाइल ।

भालुवाङ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मन्त्रिमण्डल विस्तार भएको छ । गत पुस २७ गते मुख्यमन्त्रीको रूपमा नियुक्त भएका नेकपा एमालेका लिला गिरीले शनिबार मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम गिरीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रदेश प्रमुखको कार्यालय लुम्बिनीका प्रवक्ता ऋषिराम पन्थीद्वारा हस्ताक्षर विज्ञप्तिमा गिरीसहित १० सदस्यीय मन्त्रिमण्डल विस्तार गरिएको छ । 

मन्त्रिमण्डल विस्तार गरिनेमा शनिबार दिउँसो राजीनामा दिएकी बिना विभागीय मन्त्री कृष्णा केसीलाई मन्त्रालयको जिम्मा लगाइएको छ । माआवोदी केन्द्रकी कृष्णालाई आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री बनाइएको हो । 

त्यस्तै माओवादी केन्द्रका जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा शहरी विकासमन्त्री, माओवादी केन्द्रका इन्द्रजीत थारु भौतिक पूर्वाधार विकासमन्त्री, एमालेका विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री नियुक्त भएका छन् ।

एमालेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरणमन्त्री, राप्रपाकी जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री, एमालेका तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्थामन्त्री, जनमतका चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री नियुक्त भएका हुन् ।

८७ सदस्यीय प्रदेशसभामा ५८ सांसदको सरकारलाई समर्थन छ । एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीसहित दुई स्वतन्त्र सांसदले सरकारलाई समर्थन गरेका छन् ।

योसँगै लामो समयदेखि रचेको लुम्बिनीको किचलो समाप्त हुने विश्वास गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ