arrow

हिमपातले ताप्लेजुङ सदरमुकाम वरिपरिका किसान खुशी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ११ बिहिबार
Taplejung_District.png

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकामसहित आसपासका क्षेत्रमा सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिर क्षेत्रमा हिजो साँझदेखि सामान्य हिमपात भएको हो ।

यस वर्ष यो वर्ष पहिलो पटक पाथिभरा क्षेत्रमा सामान्य हिमपात भएको हो । विगतका वर्षमा पुस लाग्दै हिउँ पर्ने ओलाङचुङ्गोलासहितका क्षेत्रमा फागुनको मध्य हुन लाग्दासम्म हिमपात र वर्षा नभए पनि हिजो साँझबाट भने सामान्य हिमपात भएको स्थानीय रामचन्द्र  घिमिरेले जानकारी दिए ।

उता सदरमुकाम फुङलिङसहित केही ठाउँमा वर्षा भएकाले किसानलाई सामान्य राहत मिलेको उनको भनाइ छ । यस वर्ष हिउँद लागेयता हिमपात र वर्षा नहुँदा हिउँदे बालीनाली फस्टाउन नसकेकाले गहुँ, मकै, तोरीलगायत बालीनाली नफस्टाउने चिन्तामा परेका किसानहरुले बताउँदै आएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ