arrow

राष्ट्रपति रनिङ फुटबलमा नियम विपरीत खेलाडी हालेको आरोपमा छानबिन हुँदै

logo
नारायण वली,
प्रकाशित २०७९ फागुन ११ बिहिबार
rupendehi-rastrapati-running-shield-football.jpg
तस्बिर – फाइल ।

रुपन्देही । बुटवलमा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत फुटबल खेल जारी छ । फागुन १० गतेदेखि शुरु भएको खेल १२ गतेसम्म सेमिफाइनल हुने छ भने १६ गते फाइनल हुने भएको छ।

सिद्धेश्वरी खेल मैदान दीपनगरमा भएको फुटबल प्रतियोगितामा दीप बोर्डिङ्ग स्कुल र समित बोडिङ्ग स्कुलबीच भएको प्रतिष्पर्धामा समित बोर्डिङ्गले जित हात पार्यो । समितले दीपलाई उमेर बढी भएका तथा अन्तर स्कुलका विद्यार्थी हालेको आरोप लगाउँदै उजुरी गरेको छ ।
त्यस्तै कालिका मानवज्ञान स्कुल र स्कलर्स होमबीचको खेलमा कालिका विजयी भएको छ । तर स्कलर्स होमले कालिकालाई ३ जना खेलाडीविरुद्ध उमेर हद देखाउँदै उजुरी गरेपछि विवाद चुलिएको छ । 

यता नेपाल सरकारले स्वच्छिक रुपमा खेलाउने भनी प्रदान गरेको उक्त खेललाई जिल्लाका कुनैपनि पालिकाले सञ्चालन गर्न नसकेका बेला जिल्ला खेलकुद विकास समिति रुपन्देहीले आयोजना गरेको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्रबहादुर थापा क्षत्री (हरिले) विवादित विषयको छानबिन कार्यलाई तीव्र पारेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ