arrow

आठ इन्टरनेट सेवा प्रदायकलाई जनही एक लाख जरिबाना, १५ दिने अल्टिमेटम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
internet.jpg
तस्बिर – सांकेतिक ।

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले प्रमुख आठ इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई कारबाही गरेको छ।  प्राधिकरणले कानून विपरीत ग्राहकलाई सेवा प्रदान गरिरहेको भन्दै कारबाही गरेको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।  

उनले स्वीकृति बिना नै ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको भन्दै कारबाही गरिएको जनाए । प्राधिकरणले सुबिसु केबलनेट लिमिटेड, वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालि, वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड, वाईफाई नेपाल, डिसमिडिया नेटवर्क लिमिटेड, क्लासिक टेक प्रालि, भायानेट कम्युनिकेसन लिमिटेड र सिजी कम्युनिकेसन लिमिटेडलाई कारबाही गरेको हो । 

प्राधिकरणसँग महशुल दर स्वीकृत नगराई सेवा दिइएको भन्दै पटक–पटक इन्टरनेट प्रदायकलाई पत्राचार गरेको थियो । त्यसपछि ऐन विपरीत काम गरेको भन्दै स्पष्टीकरणसमेत माग गरिएको थियो । 

स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कारबाही गरिएको प्राधिकरणका प्रवक्ता पौडेलले बताए । उनले ८ कम्पनीहरूलाई ३० दिनभित्र एक–एक लाख जरिवाना बुझाउन समय दिइएको बताउँदै १५ दिनभित्र ऐन विपरीत गरिएका सम्पूर्ण सेवाबारे जानकारी गराउन निर्देशन दिइएको छ। ‍

उनका अनुसार चल्तीमा आएका १३० वटा इन्टरनेट सेवा प्रदायकहरु रहेका छन् । उनका अनुसार धेरैजसो ऐन विपरीत चलिरहेका छन् । तर मुख्यहरुलाई कारबाही गरेपछि उनीहरु पनि व्यवस्थित हुने उनको दाबी छ । 

त्यस्तै प्राधिकरणले निर्देशन विपरीत अटो रिन्यू हुने गरी भिएएस सेवा सञ्चालन गरेको पाइएकाले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाईसमेत कारबाही स्वरुप ५० हजार रुपैयाँ जरिवाना गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ