काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलमा स्पेनी क्लव रियल मड्रिडले बराबरीमै चित्त बुझाएको छ । रियलले जर्मन क्लव बोरुसिया डर्टमण्डसंग २–२ गोलको बराबरीमै चित्त बुझाएको हो ।
खेलको १७ मिनेटमै क्रिष्टियानो रोनाल्डोले गोल गर्दैै अग्रता लिए ।
४३ औं मिनेटमा बोरुसियाले बराबरी ग¥यो ।
६८ औं मिनेमा राफेल भारेनाले गोल गर्दै रियललाई फेरि अग्रता दिलाए ।
तर ८७ औं मिनेटमा आन्द्रेले गोल गर्दै २–२ को बराबरी गरे ।
रियलकै समुह एफको अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्बनले पोल्याण्डको लेजिया वार्सलाई २(० ले हरायो ।
यता, इङ्लिश क्लब लेष्टर सिटीले लगातार दोस्रो जित हात पारेको छ । पहिलो पटक च्याम्पियन्स लिग फुटबल खेलिरहेको लेष्टर सिटीले समुह जी अन्तर्गतको खेलमा पोर्चुगलको एफसी पोर्टोलाई १–० ले हरायो ।
यही समुहको अर्को खेलमा डेनमार्कको एफ।सी कोपनहेगनले बेल्जियमको क्लब ब्रुजलाई ४–० ले पराजित गर्यो ।
च्याम्पियन्स लिग अन्तर्गत समुह ई को खेलमा अर्को इङ्लिस क्लब टोटनह्याम हट्सपरले रुसको सिएसकेए मस्कोलाई १–० ले हराउँदा फ्रान्सको मोनाको र जर्मनीको बायर लिभरकुजनले १–१ गोलको बराबरी खेलेका छन् ।
उता समुह एच को खेलमा ईटालीको युभेन्टसले क्रोएसियाको डाईनामो जागे्रेबलाई ४–० ले तथा स्पेनको सेभिल्लाले फ्रान्सको लियोंलाई १–० ले पराजित गरेको छ ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत समुह ए देखि डी सम्मका ८ खेल बुधबार राति हुने छन् ।