arrow

आखिर रहेछ सरकार एक

गृह नपाएपछि रन्थनिँदै नेकपा एस, पार्टीभित्र हानथाप

पाँच वर्षमा १८ जना सांसद नै मन्त्री बन्ने गरी भाग लगाउँदै पार्टी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
madhav-nepal-ncp-united-socialist-pen-kalam.jpg

काठमाडौं । संसदमा राष्ट्रिय दलकोसमेत भूमिकामा नहरेको नेकपा एकीकृत समाजवादीले गृहमन्त्री नपाउने भएपछि पार्टीभित्रै किचलो उत्पन्न भएको छ । सम्मानित नेता झलनाथ खनाल निकट रहेका राजेन्द्र पाण्डेले गृह मन्त्रालय लिएर सरकारमा जाने मनसाय बनाएको भए पनि माओवादीले गृह मन्त्रालय आफैँसँगै राख्ने र नारायणकाजी श्रेष्ठलाई त्यहाँ पठाउने भएपछि एस पार्टीभित्र किचलो उत्पन्न भएको हो । 

बालुवाटारले आजभोलिमै मन्त्रिपरिषद् विस्तार गर्ने बताएपछि मन्त्रीमा कसलाई पठाउने, कसलाई नपठाउने ? भनेर लफडा चलिरहेको छ । माधव नेपाल नेतृत्वको नेकपा एसलाई गृह मन्त्रालय प्राप्त भएमा उपाध्यक्ष राजेन्द्र पाण्डेको सम्भावना थियो भने अर्का उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा सरकारमा जानेबारे छलफल चलिरहेको छ ।

 तर ६ महिनापछि रिक्त हुने राष्ट्रिय सभा अध्यक्षमा उनलाई पठाएर अहिले प्रकाश ज्वाला वा भानुभक्त जोशीको व्यवस्थापन गर्ने प्रस्ताव पनि आएपछि झन् किचलो शुरु भएको हो । 

एस पार्टीले दुई क्याबिनेट र एक राज्यमन्त्री पाउने पक्का छ भए पनि मन्त्रालयको टुंगो लागेको छैन । त्यस्तो हुँदा एक जना महिला अनिवार्य पठाउने तयारी भइरहेको छ । 

तर, महिला को होलान् ? अहिलेसम्म टुंगो लागेको छैन । यदि कोशी प्रदेशको मुख्यमन्त्री राजेन्द्र राई भए भने बागमती प्रदेशबाट राष्ट्रिय सभाकी सदस्य गोमा तिम्सिनालाई पठाउने, राजेन्द्र मुख्यमन्त्री भएनन् भने राष्ट्रिय सभाकै अर्की सदस्य जयन्ती राईलाई पठाउने पार्टी अध्यक्ष माधव नेपालको तयारी छ ।  

तर सुदूरपश्चिमकी गरिमा शाहले पनि आकांक्षा राखेपछि माधव नेपाल तनावमा छन् ।  

एमालेबाट विद्रोह गरेपछि माधव नेपालका निम्ति अन्तिम अवस्थामा विद्रोह गरी आउने तीन भाइमध्येका एक जनालाई अवसर दिन बाँकी छ । त्यसमा किसान श्रेष्ठ र धनबहादुर बुढाले दाबी गरिरहेका छन् । 

पहिलो प्राथमिकता गृह भएकाले त्यो नपाएमा पार्टीभित्रै त्यसको असर पर्ने बताइएको छ । ‘हामीले गृह मन्त्रालय दाबी गरेका हौँ, छलफल चलिरहेको छ, हाम्रो पार्टीको अध्यक्ष कमरेडको नेतृत्वमा कार्यदल बनेको छ त्यसले नै सबै विषय निरुपण गर्छ’, पार्टीका प्रचार विभाग प्रमुख उपमहासचिव जगन्नाथ खतिवडाले भने । 

पार्टीभित्र प्रेम आलेले पनि मन्त्रीका लागि खुट्टो उचालिरहेका छन् । नयाँ पार्टी गठन भएपछि मन्त्री भइसकेका कसैलाई पनि अहिले नपठाउने नीति पार्टीले बनाउने भए पनि श्रेष्ठ, आले र बुढाले दाबी गरिरहेका छन् । संसदको यो कार्यकालभरिमा सबै सांसदहरूले मन्त्रीको मौका पाउने गरी कार्यविधिको मस्यौदा बनिरहेकाले पनि अहिलेलाई उनीहरु बाहिर रहने संभावना छ । 

त्यसअनुसार अहिले मन्त्री भएर जानेहरूले एक वर्ष सरकारमा रहने र त्यसपछि अर्का तीन जनालाई पठाउने । यस्तो गर्दा पाँच वर्षमा १५ जनाले मन्त्रीको मौका पाउँछन् । 

प्रचण्डपछि अर्थात् दुई वर्षपछि माधव नेपालको प्रधानमन्त्री हुने पालो आउँदा थप मन्त्री बनाउन सकियो भने प्रतिनिधि सभा र राष्ट्रिय सभाका सबै (१८ जना) को भाग पुग्न सक्ने हिसाब निकालेर विवादलाई साम्य पार्ने कोसिस गरिन लागेको स्रोतको दाबी छ । 

तर प्रचार विभाग प्रमुख खतिवडाले अहिले विवाद नभएको तर गृह लिने कोसिस भइरहेकोसमेत बताए । ‘पार्टीमा विवाद छैन, हाम्रो भूमिकालाई अवमूल्यण नगरियोस भन्ने मात्रै हो’, उनले भने । 

पार्टीभित्र पाण्डेका अतिरिक्त प्रकाश ज्वाला पनि गृह लिएर सरकारमा जानुपर्ने पक्षमा रहेका छन् । उता वरिष्ठ नेता खनालले उपनिर्वाचनमा पनि एउटा सिट भाग लाग्नुपर्ने पक्षमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ