arrow

भारतमा बढे कोरोना संक्रमित, दश हजार नाघे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
corona-india-bed-1620608511.jpg
तस्बिर – फाइल ।

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमित बढेका छन् । १३४ दिनपछि कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ । 

आइतबार मात्रै एक हजार ८०५ संक्रमित थपिएका छन् । जसमा ६१ प्रतिशत संक्रमित गुजरातका हुन् । 

आइतबार ६ जनाको ज्यान गएको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेर ५ लाख ३० हजार ८३७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार बिहान ८ बजे पछिल्लो २४ घण्टाको तथ्यांक सार्वजनिक गर्दै सक्रिय संक्रमितको संख्या १० हजार ३०० पुगेको जनाएको छ । 

अहिले दैनिक पोजेटिभिटी प्रतिशत ३.१९ र साप्ताहिक पोजेटिभिटी प्रतिशत १.३९ रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ