- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा १५ जनामा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामा चार सय १३ जनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पाँचजनाको पीसीआर र १० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । यसअघि सोमबार २२ जनामा संक्रमण देखिएको थियो ।
हाल संक्रमण पुष्टि भएका अधिकांश भारतबाट फर्किएका रहेका छन् । भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
सुदूरपश्चिममा हालसम्म छ लाख ५५ हजार नौसय ३१ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार दुईसय ४५ जनामा संक्रमण देखिएको छ । संक्रमणका कारण यस प्रदेशमा छसय ३६ जनाको ज्यान गइसकेको छ ।