मिटरब्याज सम्बन्धी समस्या समाधान गर्ने अध्यादेश जारी
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २० बुधबार
1k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । मिटरब्याजसँग सम्बन्धी समस्या समाधान गर्नका लागि भनिएको अध्यादेश जारी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० बुधबार जारी गरेका हुन् ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि आवश्यक कानून बनाउन अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
त्यसको अर्को दिन नै राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।