सल्यान । सल्यानमा जीप दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । शुक्रवार बिहान ५:३० बजे जिल्लाको शारदा नगरपालिका वडा न. ६ मदमकाँडा नजिकै लु १ ज २९३४ नम्बरको जीप दुर्घटना भएको हो ।
दूर्घटना हुँदा जीपका मालिक तथा चालक शारदा नगरपालिका १ निबासी ३२ वर्षीय घनश्याम थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
जीपका सहचालक शारदा नगरपालिका १ निवासी याम बहादुर भण्डारी सकुशल रहेको प्रहरीले जनाएको छ ।
मृतक थापाको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा ल्याउने तयारी भैरहेको छ ।