arrow

भौतिक पूर्वाधारमा १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
kashmir-infra-structure-ladakh.jpg

काठमाडौँ। सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री डा प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०-८१ बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन्। उनले खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भएर नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरेको बताउनु भयो । सरकारले भौतिक पूर्वाधार मन्त्रालयको चालु आर्थिक वर्षको भन्दा आगामी वर्षको  ३० अर्बले बजेट घटेकाको छ।

त्यस्तै सरकारले नारायणगढ बुटवल खण्ड सडक विस्तारलाई ३१ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए। उनले पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने बताए। उनले नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको बिस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताए। उनले कमला –ढल्केवर,पथलैया बुटवल,गोरुसिङ्गे, काँकडभिट्टा,लौकही, पथलैया,नारायणगढ र लमही–भालुवाङ्ग सडक खण्डको स्तरोन्नति सुरु गरिने भएको बताए। नारायणी नदी र तिनाउ नदीमा पुल निर्माण सुरु गर्ने बताए। उनले पूर्व–पश्चिम राजमार्गको बिस्तार तथा स्तरोन्नतिका लागि  ३१ अर्ब २ करोड विनियोजन गरेको बताए। उन ले नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने बताए।

सरकारले राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्लाको सिमीकोटलाई आगामी आर्थिक वर्षमा सडकले जोडिने बताए। उनले जसका लागि ९७ करोड विनियोजन गरिएको बताए। उनले कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण गरिने बताए। उनले सरकारले राजमार्ग र रणनीतिक सडक अन्तर्गत आगामी आर्थिक वर्षमा १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गरिने
बताए।

अर्थमन्त्री महतले पुल निर्माणका लागि २ अर्ब ८ करोड विनियोजन गरेको बताए। उनले सूर्य विनायक धुलिखेल सडक खण्डको विस्तार कार्य अघि बढाउन आवश्यक रकम समेत सरकारले विनियोजन गरेको बताए। अर्थमन्त्री महतले काठमाडौँ चक्रपथको कलङ्की वसुन्धरा खण्डको सडक बिस्तार तथा निर्माण कार्यलाई तीव्रता दिन २ अर्ब ७ करोड छुट्टाएको बताए।

उनले राष्ट्रिय राजमार्गमा आवश्यकताअनुसार फ्लाइओभर र अन्डरपास निर्माण गरिने, ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताए। उनले काठमाडौँका थप ४४ स्थानमा स्मार्ट ट्राफिक लाइट जडान गरिने बताए। उनले सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइने बताए। सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ