arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

आज पनि थुनछेक बहस

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
top-bahadur.JPG

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ । काठमाडौं जिल्ला अदालतमा आइतबारबाट शुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो । 

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा शुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस गरेका छन् ।

आइतबार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतका अदालतमा उपस्थित गराएर सरकारी वकिलहरूले थुनछेक बहस गरेका थिए । 

थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ