arrow

कोशीको बजेट अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
parshuram-khapung-koshi-niti-tatha-2080-02-31.jpg

विराटनगर । कोशी प्रदेशको बजेट अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य गरेका हुन् ।

उनले बुधबार नै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । प्रदेश सरकारले बुधबार गरेको सिफारिसअनुसार प्रदेश प्रमुख खापुङले अधिवेशन अन्त्य गरेका हुन् । 

बर्खे अधिवेशन अन्त्य भएसँगै अल्पमतमा परेका एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई अध्यादेशबाट आउँदो आर्थिक वर्ष २०८०–०८१ को बजेट ल्याउन बाटो खुलेको छ ।

संविधानअनुसार असार १ गतेसम्ममा प्रदेश सभामा सरकारले बजेट पेस गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । तर सरकारले प्रदेश सभाको अधिवेशन नै अन्त्य गरेर प्रदेश सभालाई छलेर अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको हो ।

यद्यपि कार्की नेतृत्वको सरकार अल्पमतमा छ । 

९३ सदस्यीय प्रदेश सभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसदको मात्रै समर्थन रहेकाले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । 

प्रदेश सभामा रहेका कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादी का ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ प्रदेश सांसदमध्ये कम्तीमा एक जना प्रदेश सांसद आफ्नो पक्षमा ल्याउन मुख्यमन्त्री कार्कीले जोडबल गरिरहेका छन् ।

कोशीमा एमालेकै सरकार टिकाउन एमालेले मधेस प्रदेशमा जसपा नेतृत्वको सरकारलाई सघाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ