arrow

जड्याहा श्रीमानले कुटेर गयो वडा सदस्यको ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
Namobuddha_Nagarpalika.png

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ श्यामपाटी सिमलचौरका वडा सदस्य ज्ञानी विकको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार श्रीमान्को कुटाइबाट गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

श्रीमान् शम्भु विकले जेठ २९ गते राति १० बजे मादकपदार्थ सेवन गरी कुटपिट गरेका थिए । विकको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको छ । 

कुटपिट गर्ने उनका श्रीमान् शम्भु विकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अुनसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ