arrow

किसानको दुखेसो

बुटवल बजारको फोहरले उत्पादनमा ह्रास, मेडिकलजन्य पदार्थको जोखिम

logo
नारायण वली,
प्रकाशित २०८० असार ६ बुधबार
madahani mauja kulo-6.jpg

रुपन्देही । बुटवल बजार क्षेत्रबाट निस्किने फोहरले खेतीयोग्य जमीन प्रदूषित बनाउँदै आएको पाइएको छ । पश्चिम नेपालको प्रमुख व्यापारिक क्षेत्र मानिने बुटवलबाट निस्कने फोहर सोह्रछत्तीस र सुखौरा खोला हुँदै मद्राहनी मौजा कुलोबाट किसानहरुको खेतबारीसम्म पुगेर थुप्रिने गरेपछि स्थानीयहरु चिन्तित हुँदै आएका छन् ।

शहरको फोहर गाउँसम्म पुग्दा अन्नबालीमा रोग लाग्ने, खेती गर्दा धारिला सिसाजन्य र अस्पतालका फोहरमा सिरिन्जसमेत भेटिने गरेकाले खुट्टामा गढ्नेसमेत खतरा बढ्नुको साथै गाईवस्तु पनि बिरामी गर्ने गरेको तिलोत्तमा नगरपालिका–११ मद्राहानी मौजाका किसान ज्ञानबहादुर कार्कीले बताए ।

बुटवल उपमहानगरले बजार क्षेत्रमा हरेक दिन फोहर संकलन गरेपनि तर कतिपयले सुखौरा र सोह्रछत्तीस खोलामै फोहोर फाल्ने गर्छन् । तिनै फोहर बग्दै गाउँको खेतबारीसम्म आइपुग्ने तिलोत्तमा नगरपालिका वडा न–११ गणेशनगरका किसान बिजय खनालले गुनासो गरे । विभिन्न खालका फोहर जति बगेर गाउँमा आइपुग्छ,’ उनी भन्छन्, ‘खेतबारीमा प्लाष्टिक र सिसाका फोहरहरु थुप्रिने र त्यो फोहरले बालीनालीमा असर गर्दै आएको छ ।

सोही वडाका किसान तथा मद्राहानी मौजाका सिपाहीसमेत रहेका काशिनाथ गिरीले फोहोरकै कारण गाईवस्तु पनि बिरामी पर्ने गरेको बताउँछन् । ‘पहिले–पहिले खोलाको पानी गाईवस्तुलाई खुवाउन र सिंचाई गर्न हुन्थ्यो,’ गिरी भन्छन्, ‘बजारको फोहोरले खोला जति सबै दूषित भइसके । जसले गर्दा खेतीपातीमा ह्रास आएको दुखेसो पोखे ।’ खोला र कुलाका दूषित पानीले सिंचाई गर्दा अन्नबालीमा समेत नयाँ रोगहरु देखा पर्ने र उत्पादन समेत घट्ने गरेको बताए ।

गाउँघरका कुला, खोल्सामा फोहोर थुप्रिन थालेपछि गाउँको सुन्दरता हराउँदै गएकोप्रति पनि स्थानीयहरुको चिन्ता छ । बुटवल उपमहनगरपालिका सरसफाई तथा अनुगमन व्यवस्थापन शाखा प्रमुख ठगिश्वर पोख्रेलले नगरवासीहरुलाई खोला, सार्वजनिक ठाउँलगायत क्षेत्रमा जथाभावी फोहोर नफाल्न अनुरोध गर्दै ठाउँठाउँमा सुचना बोर्डसमेत राखिएको र यद्यपि कहिलेकाहिँ फोहर थुप्रियो, गाडी आएन भने सम्बन्धित वडा कार्यालय अथवा नगरपालिकामा जानकारी गराउन र फोहर उठाउनका गाडी पठाइदिने भनेको जनाए । उनले टोल विकास संस्थाहरुलाई निगरानी गर्न र जथाभावी फोहर फालेको पाइएमा कारबाही गर्ने नीतिगत निर्णय भएकोसमेत उल्लेख गरे ।

पोख्रेलले खोला, कुलाहरुमा फाल्ने फोहोरले खेतबारीमा असर नपुर्याओस् भनेर हामीले गत जेठ २६ देखि २८ सम्म जनप्रतिनिधि, प्रहरी, सशस्त्र र नेपाली सेना लगायतले सुखौरा खोला सफाई गरेको बताए । पालिकाहरुले जथाभावी फोहर फाल्नेलाई दुई सयदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था समेत गरेका छन् । 

बुटवलबाट दैनिक ५३ टन फोहर संकलन हुने गर्दछ । तर उपमहानगरपालिकाहरुले हालसम्म व्यवस्थित ल्याण्डफिल्ड साइट गराउन सकेको छैन् । जसका कारण उपमहानगरको वडा न–११ मा पर्ने तिनाउ नदिको किनारमा फाल्दै आएको छ । खेतबारीमै नकुहिने प्लास्टिकले खेतीयोग्य जमिनको ह्रास आउने कृषि विज्ञको भनाई छ ।

मद्राहानी मौजा सिंचाई प्रणालीका अध्यक्ष सुरज ज्ञवालीले करिब एक हजार बिगाहामा सिंचाई हुने कुलो अत्यन्तै फोहरले भरिँदै गएको र यस विषयमा पटकपटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि कुनै चासो नदिएकाले किसानहरु सशक्त रुपमा आन्दोलनमा उत्रिनुपर्ने बाध्यता नआउला भन्न नसकिने बताए ।

अध्यक्ष ज्ञवालीले पछिल्लो समय उक्त कुलो अतिक्रमणको चपेटामा पर्दै गएकोप्रति गम्भीर कदम उठाउने उल्लेख गरे । गाईघाट, कटानी, भुल्का हुँदै मृगौली साविक मक्रहर गाविस वडा न–६ मा सिंचाई हुँदै आएको र १ हजार २ सय घरधुरीहरु मर्कामा परेको जनाए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ