arrow

वाह्य पर्यटकको पर्खाइ

अपेक्षित गौतमबुद्ध विमानस्थलमा अनपेक्षित नतिजा

भैरहवाका ३० प्रतिशत करोडौँका होटल धरासायी हुने संघारमा

logo
नारायण वली,
प्रकाशित २०८० असार १७ आइतबार
hotel-2.jpg

रुपन्देही। जब रुपन्देहीको सदरमुकाम भैरहवामा रहेको आन्तरिक विमानस्थलसँगे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण योजना अघि बढ्यो तब भैरहवामा लुम्बिनीमा आउने विदेशी पर्यटकलाई मध्यनजर गर्दै करोडौँका तीन–चार तारे होटलहरु खुल्ने क्रमले व्यापकता पायो । एकबेला भैरहवामा कसले कस्तो खालको होटल खेल्ने भन्ने होडबाजी नै चल्यो ।

करोडौँ लगानी लगाइयो । कति लगानीकर्ताहरु उपयुक्त जग्गा नपाएकाले खोलेनन् । कति नै फिर्ता भए । त्यो सबै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको उच्चतम अपेक्षामा निजी क्षेत्रले करोडौँ रुपैयाँ लगानी लगाए पनि पछिल्लो समय लगानीकर्ताहरु निराश हुन थालेका छन् । 

विमानस्थललाई केन्द्रविन्दू बनाएर होटल, रेस्टुरेन्ट व्यवसायमा लगानी गर्न हौसिएका लगानीकर्ताहरु निराश मात्रै होइन बैंकबाट ऋण लिएर लगानी गरेकाहरु ब्याज र किस्ता बुझाउनसमेत ठूलो चुनौतीको सामना गर्नु परेको लगानीकर्ताहरुको भनाइ छ ।

विमानस्थल सञ्चालनमा आएको वर्ष दिन बित्दा पनि अपेक्षिकृत व्यापार नपाएका कारण होटल व्यवसायीहरु टाँट पल्टिन थालेका छन् । विमानस्थल बने पनि तर अन्तर्राष्ट्रिय उडानले गति नलिँदा करिब ३० प्रतिशतभन्दा बढी होटल धरासायीको संघारमा पुगेका छन् ।

भैरहवामा चार वर्षअघि सञ्चालनमा आएको होटल पवन प्यालेस बैंकको लिलामीमा परेपछि यतिखेर बिक्रीमा रहेको छ । वित्तीय अवस्था नै कमजोर भएपछि होटल बिक्रीमा राखिएको सञ्चालक पवनकुमार हलवाईले बताए ।         

उनले भने, 'बैंकले आफूलाई तीव्र ताकेता गरेको बताए । हामी होटल बिक्री गरेर बैंकको ऋण सकार्ने योजनामा छौं। एक अर्बभन्दा बढी ऋण छ, होटल चलाउन गाह्रो भयो। यो बिक्री गरेर बैंकको ऋण तिर्न पाए एकछिन तनाब मुक्त हुने थिए। सवा दुई अर्ब भन्दाबढी लागतमा निर्माण गरिएको होटल पवन चल्ने नचल्ने निश्चित छैन । होटल पवन मात्रै होइन साना तथा ठूला सञ्चालनमा आएका र निर्माणाधीन अवस्थामा होटलहरु बिक्री गर्ने भित्री तयारीमा रहेको एक व्यवसायीले बताए ।

भैरहवाकै ग्राण्ड कस्मो होटल पनि लिलामीको धारमा रहेको बुझिएको छ। नेपाल भ्रमण वर्ष २०२० सँगै अन्तर्राष्ट्रिय विमानस्थललाई मध्यनजर गर्दै चार वर्षअघि १७ करोडको लागतमा होटल निर्माण गरिएको थियो। ३४ कोठा क्षमताको होटलमा कारोबार नभएपछि लिलामीको डिलमा पुगेको सञ्चालक एकरामउद्दीन खानले दुखेसो पोखे ।

उनले भने, 'जुन योजना र आशाले व्यवसाय होटल बनायौं र सञ्चालन गर्यौं, त्यो अनुसार भएन । एक्कासी आर्थिक क्षेत्रमा देखिएको तरलताले अवस्थामा कमजोर बनाएको र सरकारको नीतिविपरीत बैंकले पनि कारवाही गरिरहेको छ, अदालतको स्टे अर्डरमा चल्दाचल्दै लिलामी सूचना जारी गरिएको छ। यस्तो आर्थिक मन्दीका बेला होटल कसरी बिक्री होला र समस्या समाधान होला, त्यस्तो अपेक्षा जागेको छैन ।'
    
यसैगरी निर्माणाधीन पाँचतारे होटल एसिया पनि आर्थिक संकटमा परेको छ। त्यसैले निर्माणकार्य ढिला भइरहेको सञ्चालक शंकर घिमिरेले बताए। तीन अर्ब रुपैयाँ लागत अनुमान गरिएको सो होटलका लागि वित्तीय व्यवस्थापन गाह्रो परेको बताइएको छ।

उनका अनुसार होटलका लागि साझेदार र व्यवस्थापन सम्हाल्ने समूह निश्चित भइसकेपछि मात्र डेकोरेसन र डिजाइनको काम अगाडि बढाउने योजना छ। १०८ कोठा रहने भनिएको होटललाई पछी डिजाइन परिमार्जन गर्दै भविष्यमा १५० कोठा बनाईने घिमिरेले जनाए।

‘यता सिद्धार्थ होटल संघका अध्यक्ष सीपी श्रेष्ठले बैंकको ब्याजदर वृद्धि भइरहेको र बढाउँदा १० प्रतिशत, घटाउँदा १ प्रतिशतका दरले घटाउने भएकाले थप व्यवसायीहरु मारमा परेको बताए ।

सरकारको पर्यटन नीति नै अनुपयुक्त हुनुले पनि असर पारेको भनाइ उनको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरु थपियो भने लुम्बिनी क्षेत्रका होटल पर्यटनलाई सकारात्मक असर पर्ने विश्वास व्ष्पक्त गरे । उनि भन्छन्, यहाँ आउने पर्यटक भनेका भारतीय हुन् । उनीहरुलाई २५ हजार भन्दावढि ल्याउने प्रावधान छैन । त्यसमा पनि पाँच सय रुपैयाँको नोट ल्याउन पाउँदैनन् यसले पनि असर पुगेको जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ