arrow

लुम्बिनीका २९ पालिकाले अझै बजेट ल्याएनन्

logo
नारायण वली,
प्रकाशित २०८० असार १८ सोमबार
Gaupalika.png

रुपन्देही । हरेक वर्षको असारमा वर्षभर गरिएका कामको लेखाजोखा गरिन्छ । लिने र दिने कारोवारहरु मिलाइनुका साथै साउन महिनादेखि नयाँ आर्थिक वर्ष शुरु हुन्छ ।

जसले आगामी वर्षमा गरिने योजना र सोही योजनाहरु पूरा गर्नको लागि बजेट ल्याइन्छ । सोही अनुरुप हरेक स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने कानूनी व्यवस्था छ । 

तर पनि असार १७ गतेसम्म ८० प्रतिशतले बजेट ल्याएको उल्लेख छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षका लागि पालिकाले अहिलेसम्म पनि बजेट ल्याउन नसकेको मन्त्रालयका प्रवक्ता तथा सहसचिव कमलप्रशाद भट्टराईले जनाएका छन् ।

उनले भने, “स्थानीय तहले असार १० गतेभित्र आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानूनी व्यवस्था छ, तर लुम्विनीको हकमा प्रदेशका १ सय ९ पालिकामध्ये २९ वटा पालिकाले तोकिएको समयभित्र बजेट ल्याउन नसकेका हुन् ।

यसरी ताकिएको समयमा बजेट नल्याइए गैरकानूनी मानिने बताईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ