arrow

लुम्बिनी प्रदेशसभा

सरकार र विपक्षी दलबीच भयो सहमति, प्रदेशसभा बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
lumbini-pradesh- sabha-1.jpg

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका विषयमा असहमत प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सरकारबीच सहमति भएको छ ।

बजेटउपर असहमति जनाएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेशसभाको मङ्गलबार बसेको दोस्रो बैठकमा पनि विरोध जनाएको थियो । बहिष्कारपछि गए राति दुवै पक्षबीच वार्ता भएको थियो । 

दुवै पक्षबीच राति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा सम्बोधन गर्ने र विपक्षीले पनि आजदेखि प्रदेशसभाको बैठक सञ्चालन गर्न दिने सहमति भएको लुम्बिनी प्रदेशमा एमाले प्रमुख सचेतक रहनुभएका तुलसी चौधरीले जानकारी दिए ।

बैठक बहिष्कार गरेर बाहिरिएको एमालेसँग मुख्यमन्त्री चौधरी र सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमति जुटाएका हुन् । वार्तामा विपक्षी दलका नेता लीला गिरी, उपनेता चेतनारायण आचार्य र प्रमुख सचेतक चौधरी सहभागी थिए। 

सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपछि मङ्गलबार स्थगित प्रदेशसभा आजका लागि बोलाइएको छ । मङ्गलबार स्थगित भएको प्रदेशसभाको दोस्रो अधिवेशनको १७औँ बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ