arrow

भ्रष्टाचार गरेपछि अध्यक्ष निलम्बनमा, उपाध्यक्षलाई गाउँपालिकाको जिम्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २८ बिहिबार
jai-narayan.JPG

झापा । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह निलम्बनमा परेका छन्।

गत आर्थिक वर्ष २०७४/७५ मा झापा गाउँपालिकाको लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडी सम्मको सात किलोमिटर सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि साह निलम्बनमा परेका छन् ।

गाउँपालिकाका अध्यक्ष सहित वडा सदस्य फणिन्द्र खरेल, इन्जिनियर अभिषेक दास र सब-इन्जिनियर विज्ञान चम्लगाईं निलम्बनमा परेको गाउँपालिका स्रोतले बताएको छ। 

अध्यक्ष निलम्बनमा परेपछि उपाध्यक्ष अन्जुदेवी थपलियालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ।

कार्यपालिकामा बुधबार बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उपाध्यक्ष थपलियालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।

सडक निर्माण क्रममा कामै नगरी योजनाको फर्जी बिल बनाएर करिब २२ लाख दस हजार रुपैयाँ रकम भुक्तानी दिएको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ।

अध्यक्ष साहले कार्यपालिकाको बैठकबाट उक्त रकम भुक्तानी दिने निर्णय गराएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ