arrow

पौडी खेल्दा एन्जलको मृत्यु, टोल शोकमा

logo
युवराज रेग्मी, 
प्रकाशित २०८० असार ३० शनिबार
jhapa-2080-03-30.jpg

झापा । झापाको गौरादह नगरपालिका वडा नंं २ हासखोरा टोल निवासी एन्जल ताजपुरियाको पौडी खेल्ने क्रममा खोलामा डुबेर ज्यान गएकोछ । 

शनिबार बिदाको समयमा एन्जलसहित ४ जना बालकहरु स्थानीय कृश्निखोलामा पौडी खेल्न गएको स्थानीयले बताए । 

पौडी खेल्ने क्रममा गौरादह नगरपालिका वडा नं २  हासखोरा टोल  निवासी  गोविन्द ताजपुरियाका १३ वर्षीय छोरा ज्ञान ज्योती माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत  एन्जलको ज्यान गएको इलाका  प्रहरी कार्यालय गौरादहले जानकारी दिएकोछ । 

पौडी खेल्दा खेल्दै  एक्कासी एन्जल  बेपत्ता भएपछि उनका साथीहरु आत्तिदै नजिकैको गाउँतिर गएका थिए ।

स्थानीयले खोलामा खोजी गर्दा उनी  मृत अवस्थामा फेला परेको वडा सदस्य शंकर कट्टेलले बताए । 

 घटनाको जानकारी पाएपश्चात् इलाका प्रहरी कार्यालय गौरादह र दमकको संयुक्त टोली घटनास्थलमा पुगी आवश्यक मुचुल्का तयार गरी फर्किएको छ ।

हाल मृतक बालकको शव पोस्टमार्टमका लागि दमक लगिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ