arrow

व्यवहारिक शिक्षा दिने मुलुकको मात्र प्रगति : सभामुख घिमिरे [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
devraj ghimre.jpg

काठमाडौँ । सभामुख देवराज घिमिरेले व्यवहारिक शिक्षा दिन सक्ने मुलुकले मात्रै प्रगति गर्न सक्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले व्यवहारिक शिक्षा दिन सक्ने मुलुकले मात्रै प्रगति गर्न सक्ने बताएका छन् ।

उनले मुलुकको शिक्षाको ठीक ढंगले विकास गर्न नसकेको मुलुकहरुले विश्वमा प्रगति गर्न नसकेका बताए । उनले राम्रो शैक्षिक जनशक्तिको विकास गर्न सक्ने मलुकहरुको मात्रै प्रगति सम्भव रहेको उल्लेख गरे । सभामुख घिमिरेले शिक्षाको विकास सही ढंगबाट हुन नसकेको भन्दै यसप्रति प्रश्नहरु उठिरहेको बताए ।  

उनले भने, ‘समाजलाई विकास गर्ने सन्दर्भमा शिक्षा जुन रुपबाट विकास गर्नुपथ्र्यो त्यस रुपबाट विकास सायद हुन सकेनकि भन्ने आज प्रश्न उठिरहेको छ । शिक्षा भनेकै के हो ? शिक्षा हामीले प्राप्त गरेको ज्ञान, ज्ञानको विकास र ज्ञान बिस्तार गरेर विश्वलाई हेर्ने कुराहरु हो । र जुन मुलुकले शिक्षा ठिक ढंगले विकास गर्न सकेको छ, शैक्षिक जनशक्ति विकास गर्न सकेको छ, व्यवहारिक शिक्षा दिन सकेको छ, त्यसलाई व्यवहारमा उतारेर शिक्षाको गुणस्तरलाई परिवर्तन गर्न सकेको छ, त्यो मुलुकहरुले मात्रै विश्वमा प्रगती गर्न सकेका छन् ।’

उनले शिक्षाको विकासका लागि अतिरिक्त क्रियाकलापहरुले महत्वपूर्ण पाइलाको शुरुआत गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ