अमेरिकी क्लबमा मेस्सीको यात्रा, पहिलो अभ्यास खेल [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
2.1k
Shares
काठमाडौँ । अर्जेन्टाइन फुटबल स्टार लियोनेल मेस्सीले औपचारिक रुपमा अमेरिकी क्लब इन्टर मियामीबाट खेल्न थालेका छन् । हालै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर मियामीसँग आबद्ध भएका मेस्सीलाई क्लबले भब्य स्वागत गरेको छ ।
उनको स्वागतका लागि विशेष कार्यक्रम आयोजना गरेको मियामीले हजारौँ समर्थकहरुलाई स्टेडियममासमेत उतारेको थियो ।
मेस्सी मियामीको पहिलो अभ्यास खेलमा देखिएका छन् । जसका तस्बिरहरु क्लबले सार्वजनिक गरेको छ ।