arrow

सुन तस्करीमा गृहमन्त्री श्रेष्ठ संलग्न भएको सांसद भट्टराईको आरोप [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ४ बिहिबार
gopal-bhattarai-2080-04-04.jpg

काठमाडौँ । राष्ट्रिय सभाका सांसद गोपाल भट्टराईले करिब एक क्विन्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँ संलग्न रहेको आरोप लगाएका छन् । 

बिहीबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नामसमेत सो प्रकरणमा मुछिएको समाचार आएको टिप्पणी गरेका हुन् । 

सांसद भट्टराईले सो प्रकरणमा ठूलाहरुनै संलग्न रहेकाले निष्पक्ष छानबिन हुने विश्वाससमेत आफूहरुलाई नभएको बताए । 

उनले सुन तस्करहरुले राज्य संचालनमै हस्तक्षेप गरिरहेको आभास भइरहेकोसमेत बताए । 

सांसद भट्टराईले जनताको ध्यान एकातिर मोडेर मुलुकमा सुन तस्करी गर्ने क्रम बढिरहेको जिकीर गर्दै त्यसलाई नियन्त्रण गर्न सरकार गम्भीर नभएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ