arrow

झापाका कर्णबहादुरको हत्या भएको ५२ वर्षपछि सत्य तथ्य सार्वजनिक गर्न माग

logo
युवराज रेग्मी,
प्रकाशित २०८० साउन १० बुधबार
karnabahadur-hatya.JPG

झापा । झापा मेचीनगर ज्यामिरगढिका निर्दोष कर्णबहादुर गौतमको निर्मम र बीभत्स हत्या भएको ५२ वर्षपछि पीडित परिवारले उक्त घटनाको सर्जमिन सहित सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ। 

 गौतमको परिवार उक्त घटना पछि बिचल्लीमा परेकोले राज्य पक्षले हालसम्म कुनै सहयोग नगरेको , क्षतिपूर्ति नदिएको तथा सामान्य र मानवीय सहयोग समेत नगरेको निष्कर्षसहित गौतम समाज झापाले सत्य तथ्य सहित सर्जमिनको माग गरेको हो। परिवारका तर्फबाट जेठो छोरा ललितकुमार गौतम र कान्छी बुहारी धनमाया गुरुङ गौतमले न्यायका लागि राज्य पक्षको ढोका ढकढक्याएका छन् । उनीहरूले घटनाको स्थलगत सर्जमिन गरी यथार्थ बाहिर ल्याउन माग गरेका हुन् ।

तत्कालीन नक्सली विद्रोहीहरूले कर्णबहादुरलाई २०२८ साल जेठ २ गते झापाको तत्कालीन ज्यामिरगडी विचार्नीचोक नजिक लालझोडा भन्ने स्थानमा भाला रोपेर बीभत्स हत्या गरेका थिए। निर्दोष कर्णबहादुर त्यस बेला रघुवीर बुढाथोकीको घर खेतमा मजदुरी गर्थे। 

त्यस बेला नक्सलपन्थी वामपन्थी समूहले रघुवीरको हत्या गर्ने योजना बनाएको थियो । रघुवीरको हत्या गर्न नसक्ने देखिएपछि तत्कालीन समयका धनाढ्यहरूलाई तर्साउनका लागि सो समूहले "सामन्तको घोडा" भन्दै कर्णबहादुरको हत्या गरेको थियो। 

नक्सलबारीबाट उत्थान भएको वामपन्थी विचार अङ्गालेका र नक्सलबादी घटनाबाट प्रभावित भएका केही व्यक्तिले त्यस बेला टाउको काट्ने अभियान चलाएका थिए। उनीहरूले त्यसलाई सामन्त सफाया गर्ने झापा विद्रोहको नाम दिएका थिए ।

No description available.

गौतम समाज झापाले सोधेको छ," बीभत्स हत्या गरिएका निर्दोष कर्णबहादुरलाई सरकारले कसरी हरिरहेको छ र हेर्छ?" 
 कर्णबहादुर झापा विद्रोहको योजनामा २०२८ सालमा राजनैतिक हत्या गरिएका पहिलो व्यक्ति हुन् । गौतम समाजले स्पष्ट पारेको छ, "सोझा कर्णबहादुर जमिनदार थिएनन्। उनी समाजसेवा साथै सो बेला त्यस क्षेत्रका जमिनदार रघुवीरको खेतबारीमा काम समेत गर्दथे । कर्णबहादुर त्यो बेला ज्यामिरगडी गाउँ पञ्चायतको वडाध्यक्ष समेत थिए।" त्यस बेला झापामा वामपन्थी झुकाव र राजनैतिक चेतना अग्रणी थियो । त्यही निष्कर्षका साथ एकाकार भएका युवाले सामन्तहरूले गरिब , निमुखामाथि अन्याय गरेको स्व-घोषणा गरेर झापाका धेरै जग्गावाला विरुद्धमा वामपन्थीले आक्रमण गर्ने योजना बनाएका थिए। त्यही क्रममा जमिनदार रघुवीरको सेवक रहेका कर्णबहादुरको हत्या गरेको जानकारहरू बताउँछन् । कर्णबहादुरको हत्याको कारुणिक दृश्यबारे भाइ हेमबहादुर गौतम यसरी सुनाउँछन् ," त्यस बखत म ज्यामिरगढीमै थिएँ, २०२८ सालमा सामन्तको घोडा भनेर दाजुलाई हतियारधारीले मारे। दाजुलाई देख्दा शरीरमा रगतै रगत थियो, चोटैचोट देखिन्थ्यो, भुईँ भिजेको थियो।" मारिएका आफ्ना दाँजैको हत्याको घटना उनी बारम्बार सुनाउँछन्। तर, न्याय दूर बनिरहेको छ। हेमबहादुरको साविक पहाड इलाम भोर्लेनी घोष गाउँ हो । उनी अहिले ज्यामिरगढीमा बस्छन्। ज्यामिरगढी मेचीनगर नगरपालिका १५ मा पर्छ।नक्सलवादीहरुबाट हत्या गरिएका कर्णबहादुरको परिवार अहिले बेहाल अवस्थामा इँटा भट्टा दक्षिणको हेल्दुबारी गाउँमा बसेको छ। कर्णबहादुरको परिवारलाई सरकारबाट आर्थिक सहयोग गर्न जरुरी छ। जसले उनीहरूको पीडामा मल्हमपट्टी हुन्छ। कर्णबहादुरका जेठा छोरा अविवाहित छन् । पारिवारिक पीडाले आफू अविवाहित बसेको सुनाउँछन् । कर्णबहादुरका कान्छो छोरा तिलकबहादुर बेपत्ता छन् । उनको कुनै टुङ्गो छैन।कर्णबहादुरकी कान्छी बुहारी धनमाया शारीरिक रूपले अशक्त छन् । धनमायाकी एक जना छोरी दृष्टिविहीन छन् । अर्की छोरी वैदेशिक रोजगारीमा गएर जोडेको १ कठ्ठा जमिनमा उनीहरूको बास छ। नगरपालिकाले दिने मासिक भत्ताले उनीहरूको गुजारा चल्न गाह्रो छ।

 

No description available.

गौतम समाज झापाका अध्यक्ष नीतिरमण गौतमको नेतृत्वमा जिल्ला सचिव सोमनाथ गौतम,कोषाध्यक्ष लक्ष्मीप्रसाद गौतम, प्रवक्ता राजेन्द्र गौतम , गौतम समाज मेचीनगर - १५ का वडाध्यक्ष रामचन्द्र गौतम, समाजका पूर्व जिल्ला सहसचिव पदम गौतम र सदस्य उमाकान्त गौतम सहितको टोलीले वडाध्यक्ष गुणराज भट्टराई ( राजन ) लाई मागपत्र बुझाएको छ। मागपत्रमा २०२८ सालमा तत्कालीन नक्सली विद्रोही पक्षबाट किसान विद्रोहको नाममा गरिएको पहिलो हत्यामा परेका निर्दोष कर्णबहादुर र उनको परिवारलाई राज्यबाट सम्मानसहित सम्बोधन गर्नुपर्ने माग गरिएको छ। 

वडाको सर्जमिन र सिफारिस प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय झापामार्फत थप प्रक्रिया अघि बढाउने तयारी भएको समाजका जिल्ला अध्यक्ष नीतिरमणले बताएका छन् । यो विषयमा झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग पटक पटक छलफल भएको गौतम समाजले जनाएको छ। 

घटनाबारे वडाध्यक्ष भट्टराईले सत्य तथ्य बुझेर समाजलाई सर्जमिन र सिफारिस दिने वचन दिएको छ । आफ्नो तर्फबाट गर्ने काम छिटो सक्ने आश्वासन भट्टराईले दिएका छन् । प्रमाण र आवश्यक कागजात सहित प्रक्रिया अघि बढेपछि कर्णबहादुरको परिवारलाई न्याय दिलाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्न सांसद शर्माले प्रतिबद्धता व्यक्त गरेको समाजका जिल्ला अध्यक्ष नीतिरमणले बताए । 

झापामा को - को को मारिए !
२०२९ जेष्ठ २ गते कर्णबहादुर गौतमसहित २७ गते बुटन चौधरी कात्तिक ४ गते विष्णुप्रसाद विमली कात्तिक ४ गते ईश्वरी चुँडाल मङ्सिर २३ गते रुद्रकान्त चौधरी मङ्सिर २३ गते धर्मप्रसाद ढकाल र छोरा ज्ञानीराम ढकालको हत्या गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ