छानबिन समिति गठन नगरेसम्म एमालेले संसद अगाडि चल्न नदिने, संसद बैठक चार दिनपछि बस्ने
एमाले, कांग्रेस, रास्वपा र राप्रपाले मागे गृह र अर्थमन्त्रीको राजीनामा
हाम्रा कुरा
प्रकाशित २०८० साउन १० बुधबार
2.1k
Shares
काठमाडौँ । नेकपा एमालेले अवैध सुन प्रकरणको छानबिन नगरेसम्म संसद चल्न नदिने भएको छ । एमालेले प्रतिनिधि सभा बैठकमा रोष्ट्रम घेराउ गर्दै संसद अवरुद्ध गरेको हो ।
उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म संसद चल्न नदिने एमालेको अडानसँगै सभामुख देवराज घिमिरेले संसद बैठक स्थगित गरी साउन १५ गते दिउँसो १ बजेका लागि आह्वान गरेका छन् ।
एमालेले सुन तस्करलाई तत्काल पक्राउ गर्न आग्रह गरेको छ ।
एमालेसँगै नेपाली कांग्रेसका सांसदहरुलेसमेत कारबाहीका लागि माग गरेका छन् । एमाले, कांग्रेससँगै राप्रपा र रास्वपाका सांसदहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागेका छन् ।
गत साउन ३ गते करिब सय किलो अवैध सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको थियो ।